धनगढी– सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन यही पुस १८ गतेका लागि आह्वान गरिएको छ।
प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै १८ गते प्रदेश सभा बैठक आह्वान गरिएकाबारे जानकारी दिएको हो।
प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन १८ गते सोमबार दिनको १ बजेदेखि सुरु हुने गरी आह्वान गरेको सूचनामा उल्लेख छ।
प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नेछन्। शुक्रबार नवनिर्वाचित प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।