सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएपछि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित उच्च पदस्थ अधिकारीहरू। धनगढी– सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले ५२ जना प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
५२ मध्ये ६ जनाले मातृभाषा (थारू भाषा)मा शपथ लिए।
त्यसअघि ज्येष्ठ सदस्य रावलले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
रावलले प्रदेश प्रमुखको कार्यालय र अन्य सदस्यले प्रदेश सभा भवनमा शपथ लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।