काठमाडौं– पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूले उपराष्ट्रपतिमा दाबी नगरेको स्पष्ट गरेकी छन्।
घर्तीले आफूले दाबी नै नगरेको विषयमा केही सञ्चार माध्यममा समाचार प्रकाशित भएकामा आश्चर्य प्रकट गरिन्।
आफूले पार्टी नेतृत्वसमक्ष त्यस्तो दाबी नगरेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालसहित कोही पनि नेताले प्रस्तावसमेत नगरेको घर्तीले उल्लेख गरिन्।
‘मैले उपराष्ट्रपतिमा दाबी गरेको छैन र गर्दिनँ पनि’, उनले भनिन्, ‘मेरो मनमा समेत नउब्जिएको विषय समाचारमा आउँदा आश्चर्यचकित भएकी छु।’
केही दिनयता घर्तीले उपराष्ट्रपतिमा दाबी प्रस्तुत गरेका समाचारहरु आएका थिए। सत्ता गठन्बन्धनबीच भागबण्डा हुँदा राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।