• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

जसले फुटबल खेल्न सिनेमा हल अगाडि चना बेचे

64x64
नवीन अर्याल शुक्रबार, पुस १५, २०७९  ११:०७
1140x725

काठमाडौं- ट्रेस कोराकोएसको एउटा गरिब बस्ती, जहाँ मेरो जन्म २३ अक्टोबर १९४० मा भयो। मेरा पिता डोनडिन्हो निकै परिश्रमी थिए। उनको फुटबलमा ठूलो लगानी थियो। फ्लुमिनेन्सबाट उनले क्लबस्तरको फुटबल पनि खेले। आफ्नो परिवारको हेरचाहका लागि उनले चाँडै नै फुटबलमोह परित्याग गरे। 

मेरी आमा मारिया सेलेस्टी आरान्तेस परिपक्व महिला थिइन्। उनी मलाई खेलाडीका रुपमा भन्दा पनि राम्ररी पढेर वकिल अथवा डाक्टर बनेको हेर्न चाहन्थिन्। त्यतिबेला उनको त्यो विचार जायज पनि थियो। किनभने, सुरुका दिनमा मेरा पिता मजदुरी गर्नुका साथै फुटबल पनि खेल्थे। तर त्यसले हाम्रो परिवारको आर्थिक स्थितिमा खासै सुधार ल्याएको थिएन। 

सायद बाल्यकालमा पिताजीसँग फुटबल हेर्न जाँदा-जाँदा म यस खेलतर्फ आकर्षित भएछु क्यार! तर सानोमा न मसँग फुटबल किन्ने पैसा थियो, न मेरा पितासित मेरो लागि फुटबल किनदिने औकात नै। 

मेरी आमा मारिया सानोमा म फुटबल खेल्न गएको रुचाउन्नथिन्। तर मलाई फुटबल नखेली नहुने। हाम्रै घरदेखि केही पर छिमेकका धनीका छोराहरू फुटबल खेल्थे। मलाई त्यतिबेलाको एउटा घटना धमिलो याद छ। म निकै उत्साही भएर उनीहरूसँग खेल्न दौडिन्थें। 

तर, त्यहाँ मेरो गरिबीको मजाक उडाइन्थ्यो। खेल्न त के बल छुन पनि दिइँदैन्थ्यो। सायद त्यतिबेला म ५/६ वर्षको थिएँ होला। मैले फुटबल भनेर पहिलो ‘किक’ आफैंले बनाएको कागज र झुम्राको पोको बनाएर हिर्काएको थिएँ।

322486293_525735376170692_8865060534159186144_n1672377715.png

त्यतिबेला मसित फुटबल खेल्ने कोही थिएन। घरको अगाडि एक्लै अभ्यासमा रमाउँथे। सोचमग्ने हुन्थेँ। बललाई छलाउँदै गोल गर्दा कति मज्जा आउँथ्यो होला? अहिले सम्झदा खुब हाँसो लाग्छ।

पढ्नका लागि स्कुल जाँदा र फर्कंदा बाटोमा देखिने भीडमा म फुटबल कटाइरहेको हुन्थेँ। त्यो वास्तवमै रमाइलो क्षण थियो। बलको पोकोलाई मानिस भएतिर लैजाँदै उनीहरूलाई नछुवाइकन छक्याउने कला। बललाई भुइँमा नझारी कतिबेलासम्म खुट्टामा राख्न सकिन्छ, त्यतातिर पनि ध्यान जान्थ्यो मेरो। 

Ncell 2
Ncell 2

मैले फुटबल किन्नका लागि चना बेचेको छु। जुत्ता पालिस गरेको छु। सानै हुँदा एकपल्ट मलाई फुटबल किन्ने इच्छा जाग्यो। अब यसका लागि के गर्ने? मलाई थाहा थियो, मजदुरी गर्ने मेरा पिता मलाई फुटबल किनिदिन सक्दैनन्। त्यसैले मैले जुत्ता पालिस गर्न थालें। यसले नपुगेपछि सिनेमाहल अगाडि चना बेचें। मैले जीवनमा पहिलो फुटबल आफ्नै मिहिनेतले किनें, आफ्नै परिश्रमको पैसाले। 

०००

सायद म १४ वर्षको थिएँ, त्यतिबेला स्थानीय क्लबमा मेरो नाम चलिसकेको थियो। त्यसैले घरमा पनि केही सहज वातावरण बन्दै थियो। फुटबल खेल्नका लागि घरमा मेरो प्रिय नाम थियो, डिको। 

एकपल्ट स्थानीय क्लब बाउरु एसीमा अभ्यासरत रहँदा अचानक वाल्डेमार डे ब्रितो आइपुगे। उनी ब्राजिलको राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक थिए। 
उनले इटालीमा भएको सन् १९३४ को दोस्रो विश्वकप ‘इनसाइड फरवार्ड’ पोजिसनबाट खेलिसकेका थिए। 

उनी त्यो दिन मेरो अभ्यासबाट निकै प्रभावित  भएछन क्यार! मेरो अगाडि आएर सोधे, ‘कति वर्षका भयौ?’ म त्यतिबेला अक्मकिएँ। वास्तवमा बाल्डेमार मेरा पिताका घनिष्ठ मित्र पनि थिए। मेरा पिताजी ट्रेस कोराकोएसमा अभागी फुटबल खेलाडीका रुपमा चिनिन्थे। 

म जन्मेको रात उनले सुरुमै मेरो खुट्टा हेरेका थिए रे। त्यतिबेला उनको प्रतिक्रिया थियो- यो भविष्यमा राम्रो फुटबल खेलाडी बन्न सक्छ। यसले राम्रो खेलाडी बन्ने खुट्टा लिएर आएको छ। 

नभन्दै मेरो अभ्यास हेरेपछि वाल्डेमारले मेरा पितालाई भनेछन्, ‘तेरो छोरामा ठूलै प्रतिभा लुकेको छ। एकदिन यसले तहल्का पिट्छ।’ 

मेरो विषयमा वाल्डेमारले आफूले प्रशिक्षण दिने ब्राजिलको धनीमध्येको क्लब सान्तोसमा कुरा चलाएका रहेछन्। उनले चाँडै नै मलाई ट्रायलका लागि क्लब झिकाए। 

करिब १ घण्टा उनकै निगरानीमा मैले सान्तोस क्लबमा ट्रायल दिएको थिएँ। त्यतिबेला मेरो उमेरका कारण क्लबका महत्वपूर्ण पदाधिकारी पनि खेल हेर्न आएका थिए। वास्तवमा यही क्लबबाट मैले व्यवस्थित र योजनाबद्ध ढंगले प्रशिक्षण लिने सौभाग्य पाएको थिएँ। यसअघि म आफ्नै बलबुताले फुटबल खेलिरहको थिएँ।

सान्तोस क्लबमा आबद्ध भएपछि मेरो घरको आर्थिक स्थिति पनि केही सुध्रियो। त्यसैले मैले यी सबै सहयोगका लागि वाल्डेमारलाई धन्यवाद दिनैपर्छ। 

०००

सन् १९५८ को विश्वकप। स्विडेनको राजधानी स्टकहोममा सम्पन्न छैटौं विश्वकपपूर्व ब्राजिलमा विश्वकप टोली घोषणाको तयारी भइरहेको थियो। म त्यतिबेला छट्टी मनाउन घर फर्केको थिएँ। किनभने, मलाई थाहा थियो, मेरो छनोट असम्भव छ। 

320076714_716388206492340_6244961064052570767_n1672377716.png

म १६ वर्षे फुच्चे केटो, त्यसमा पनि त्यतिबेला ब्राजिलियन टोलीमा अनुभवी र एक से एक नाम चलेका खेलाडी थिए। घरमा एक्लै रेडियो बान्डेरान्तेस सुनेर बसिरहेको बेला एउटा समाचारले मलाई आकर्षित गर्‍यो- विश्वकपका लागि ब्राजिलियन टोली छनोट।

म जुरुक्क उठें। र, कानमा रेडियो थापें। सुरुमै मैले आफ्नो छनोटको सम्भावना हापे पनि ‘अब सुन्नुहोस् विश्वकपमा छनोट भएका खेलाडीहरूको नाम’ भन्दा मेरो शरीर कामिरहेको थियो। शरीर चिसो हुँदै थियो। म समाचारमा उद्धृत कुनै पनि नाम छुटाउन चाहँदैनथें। त्यसैले ध्यान दिएर समाचारमा टाँसिइरहें। 

समाचारवाचक चिरपरिचित अन्दाजमा ल्याटिन लेग्रो तान्दै करायो- विश्वकपका लागि छनोट भएका खेलाडीहरु यसप्रकार छन्- कास्टिल्हो...गिलमार...दाज्लामा सान्तोस...निल्टोन सान्तोस...माजोला...पेले...। 

मैले आफ्नो नाम राम्रोसँग सुनिनँ। मलाई सुरुमा हो कि होइन जस्तो लाग्यो। म अझै रेडियो नजिक पुगें। फेरि नाम दोहोरियो। कास्टिल्हो...गिलमार...दाज्लामा सान्तोस...निल्टोन सान्तोस...माजोला...पेले।

म पूरै नर्भस थिएँ। त्यतिबेलै मेरी आमा कोठाभित्र प्रवेश गरिन्। र, सोधिन्, ‘के भयो तिमीलाई?’
म पूरै पुलकित थिएँ। मेरो दाँत कामिरहेको थियो, ‘आमा, मलाई विश्वकप खेल्ने ब्राजिलियन टोली छनोटका लागि डाकिएको छ।’ 

सायद मेरो पहिलो कुरा मेरी आमाले बुझिनन्। मैले फेरि सुनाए, ‘बुझ्नुभएन आमा, मलाई ब्राजिलको विश्वकप टोलीको छनोटमा डाकिएको छ।’

मलाई लाग्यो, अझै उनले मेरो कुरा बुझ्न सकिनन्। एक्कासि मेरी आमाले मलाई नजिकै बोलाउँदै भनिन्, ‘खोई तिम्रो निधार छामौं। मलाई लाग्छ, तिमीलाई त्यति सन्चो छैन।’ 

मैले सपनामा पनि सोचेको थिइनँ, यति छिटो विश्वकप खेल्छु भनेर। तर मलाई सबैले हौस्याइरहे। सायद विश्वकप खेल्दा मेरो उमेर १७ वर्ष थियो। त्यसैले सबै मलाई हौस्याइरहेका थिए। 

वास्तवमा राष्ट्रिय टोलीमा मेरो पहिलो आगमन एक वर्ष अगाडि नै सन् १९५७ मा भइसकेको थियो। मेरो पहिलो अन्तर्राष्ट्रिय खेलको याद अझै मसँग ताजै छ। त्यो ७ जुलाई १९५७ थियो। म पहिलोपल्ट राष्ट्रिय टोलीसँगै मैदानमा थिएँ। 

त्यो क्षण म निकै खुसी थिएँ, केही नर्भस पनि। खेल्न मैदानमा उत्रिनुपूर्व मेरो मुटुको धड्कन यति तीव्रसँग ढुकढुक गरिहेको थियो- लाग्थ्यो, यो मुटु बाहिर निस्किन्छ कि। 

त्यो खेल अर्जेन्टिनाविरुद्ध थियो। खेल्नुपूर्व मलाई थुप्रै सिनियर खेलाडीले अर्जेन्टिनाका गोलरक्षकको तारिफ गर्दै सुनाएका थिए, ‘यसलाई गोल हान्न असम्भव छ।’

हुन पनि अर्जेन्टिनी गोलरक्षकको त्यतिबेला ठूलै प्रतिष्ठा थियो, विश्वभरि नै। गँठिलो जीउडालका उनी वास्तवमै पोस्टअगाडि बहादुर देखिन्थे। 

तर, आफ्नो पहिलो खेलमै मैले गोल गरें, त्यो पनि तिनै गोलरक्षकविरुद्ध। यद्यपि, हामीले यो खेल २-१ ले हार्‍यौं। १७ वर्षको उमेरमा मलाई १९५८ को विश्वकपमा मौका दिनुको कारण पनि यही खेल हुनुपर्छ। 

सन् १९५८ को विश्वकपमा मलाई स्थान दिए पनि म पहिलो रोजाइमा थिइनँ। पहिलो रोजाइका अतिरिक्त टोलीको पनि अतिरिक्तमा मलाई स्थान दिइएको थियो। त्यतिबेला मेरो उचाइ १ दसमलव ६८ मिटर मात्र थियो, निकै होचो।

हुर्कंदो उमेर, सामान्य चोट बोकेर त्यहाँ गएका कारण पनि यो विश्वकप खेल्ने कुरामा म कमै आशावादी थिएँ। तर हाम्रो टोलीमा एक चिकित्सक थिए, हिल्टन गोस्लिङ। उनी जहिल्यै मलाई हौस्याइरहेका हुन्थे। र, भन्ने गर्थे, ‘दिनहुँ हलुका अभ्यास गर। दोस्रो वा तेस्रो खेलमा तिम्रो मौका आउँछ।’ नभन्दै उनको भविष्यवाणी सही सावित भयो। 

सोभियत संघविरुद्धको तेस्रो खेलमा मलाई ‘प्लेइङ सेट’ मा स्थान दिइयो। त्यतिबेला सोभियत संघलाई उपाधि दाबेदारको रुपमा हेरिएको थियो।

हाम्रो टोलीमा मारियो जोगालो, भाभा, डिडी र गारिन्चाजस्ता चर्चित खेलाडी थिए। तर कालो र सानो कदको म मैदानमा पहिलो पल्ट प्रवेश गर्दा रंगशालामा आएका सबै जना चकित परे। किनभने, १० नम्बरको ख्यातिप्राप्त जर्सी नम्बर मेरो जिउमा थियो।

- पेलेको जीवनीबाट

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन अर्याल
नवीन अर्याल वरिष्ठ पत्रकार हुन्।
लेखकबाट थप
यस्ता थिए महाकवि
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद
आखिर कहाँ छन् एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी?
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
राष्ट्रिय सभा उम्मेदवार छनोटमा थापाको फरक मत: महामन्त्रीहरुलाई हेपियो, यस्तो मानमर्दन पहिले हुँदैनथ्यो बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा मंगलबार, पुस २२, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्