• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

जसले फुटबल खेल्न सिनेमा हल अगाडि चना बेचे

64x64
नवीन अर्याल शुक्रबार, पुस १५, २०७९  ११:०७
1140x725

काठमाडौं- ट्रेस कोराकोएसको एउटा गरिब बस्ती, जहाँ मेरो जन्म २३ अक्टोबर १९४० मा भयो। मेरा पिता डोनडिन्हो निकै परिश्रमी थिए। उनको फुटबलमा ठूलो लगानी थियो। फ्लुमिनेन्सबाट उनले क्लबस्तरको फुटबल पनि खेले। आफ्नो परिवारको हेरचाहका लागि उनले चाँडै नै फुटबलमोह परित्याग गरे। 

मेरी आमा मारिया सेलेस्टी आरान्तेस परिपक्व महिला थिइन्। उनी मलाई खेलाडीका रुपमा भन्दा पनि राम्ररी पढेर वकिल अथवा डाक्टर बनेको हेर्न चाहन्थिन्। त्यतिबेला उनको त्यो विचार जायज पनि थियो। किनभने, सुरुका दिनमा मेरा पिता मजदुरी गर्नुका साथै फुटबल पनि खेल्थे। तर त्यसले हाम्रो परिवारको आर्थिक स्थितिमा खासै सुधार ल्याएको थिएन। 

सायद बाल्यकालमा पिताजीसँग फुटबल हेर्न जाँदा-जाँदा म यस खेलतर्फ आकर्षित भएछु क्यार! तर सानोमा न मसँग फुटबल किन्ने पैसा थियो, न मेरा पितासित मेरो लागि फुटबल किनदिने औकात नै। 

मेरी आमा मारिया सानोमा म फुटबल खेल्न गएको रुचाउन्नथिन्। तर मलाई फुटबल नखेली नहुने। हाम्रै घरदेखि केही पर छिमेकका धनीका छोराहरू फुटबल खेल्थे। मलाई त्यतिबेलाको एउटा घटना धमिलो याद छ। म निकै उत्साही भएर उनीहरूसँग खेल्न दौडिन्थें। 

तर, त्यहाँ मेरो गरिबीको मजाक उडाइन्थ्यो। खेल्न त के बल छुन पनि दिइँदैन्थ्यो। सायद त्यतिबेला म ५/६ वर्षको थिएँ होला। मैले फुटबल भनेर पहिलो ‘किक’ आफैंले बनाएको कागज र झुम्राको पोको बनाएर हिर्काएको थिएँ।

322486293_525735376170692_8865060534159186144_n1672377715.png

त्यतिबेला मसित फुटबल खेल्ने कोही थिएन। घरको अगाडि एक्लै अभ्यासमा रमाउँथे। सोचमग्ने हुन्थेँ। बललाई छलाउँदै गोल गर्दा कति मज्जा आउँथ्यो होला? अहिले सम्झदा खुब हाँसो लाग्छ।

पढ्नका लागि स्कुल जाँदा र फर्कंदा बाटोमा देखिने भीडमा म फुटबल कटाइरहेको हुन्थेँ। त्यो वास्तवमै रमाइलो क्षण थियो। बलको पोकोलाई मानिस भएतिर लैजाँदै उनीहरूलाई नछुवाइकन छक्याउने कला। बललाई भुइँमा नझारी कतिबेलासम्म खुट्टामा राख्न सकिन्छ, त्यतातिर पनि ध्यान जान्थ्यो मेरो। 

Ncell 2
Ncell 2
nimb
nimb

मैले फुटबल किन्नका लागि चना बेचेको छु। जुत्ता पालिस गरेको छु। सानै हुँदा एकपल्ट मलाई फुटबल किन्ने इच्छा जाग्यो। अब यसका लागि के गर्ने? मलाई थाहा थियो, मजदुरी गर्ने मेरा पिता मलाई फुटबल किनिदिन सक्दैनन्। त्यसैले मैले जुत्ता पालिस गर्न थालें। यसले नपुगेपछि सिनेमाहल अगाडि चना बेचें। मैले जीवनमा पहिलो फुटबल आफ्नै मिहिनेतले किनें, आफ्नै परिश्रमको पैसाले। 

०००

सायद म १४ वर्षको थिएँ, त्यतिबेला स्थानीय क्लबमा मेरो नाम चलिसकेको थियो। त्यसैले घरमा पनि केही सहज वातावरण बन्दै थियो। फुटबल खेल्नका लागि घरमा मेरो प्रिय नाम थियो, डिको। 

एकपल्ट स्थानीय क्लब बाउरु एसीमा अभ्यासरत रहँदा अचानक वाल्डेमार डे ब्रितो आइपुगे। उनी ब्राजिलको राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक थिए। 
उनले इटालीमा भएको सन् १९३४ को दोस्रो विश्वकप ‘इनसाइड फरवार्ड’ पोजिसनबाट खेलिसकेका थिए। 

Xtrem

Xtrem

उनी त्यो दिन मेरो अभ्यासबाट निकै प्रभावित  भएछन क्यार! मेरो अगाडि आएर सोधे, ‘कति वर्षका भयौ?’ म त्यतिबेला अक्मकिएँ। वास्तवमा बाल्डेमार मेरा पिताका घनिष्ठ मित्र पनि थिए। मेरा पिताजी ट्रेस कोराकोएसमा अभागी फुटबल खेलाडीका रुपमा चिनिन्थे। 

म जन्मेको रात उनले सुरुमै मेरो खुट्टा हेरेका थिए रे। त्यतिबेला उनको प्रतिक्रिया थियो- यो भविष्यमा राम्रो फुटबल खेलाडी बन्न सक्छ। यसले राम्रो खेलाडी बन्ने खुट्टा लिएर आएको छ। 

नभन्दै मेरो अभ्यास हेरेपछि वाल्डेमारले मेरा पितालाई भनेछन्, ‘तेरो छोरामा ठूलै प्रतिभा लुकेको छ। एकदिन यसले तहल्का पिट्छ।’ 

मेरो विषयमा वाल्डेमारले आफूले प्रशिक्षण दिने ब्राजिलको धनीमध्येको क्लब सान्तोसमा कुरा चलाएका रहेछन्। उनले चाँडै नै मलाई ट्रायलका लागि क्लब झिकाए। 

करिब १ घण्टा उनकै निगरानीमा मैले सान्तोस क्लबमा ट्रायल दिएको थिएँ। त्यतिबेला मेरो उमेरका कारण क्लबका महत्वपूर्ण पदाधिकारी पनि खेल हेर्न आएका थिए। वास्तवमा यही क्लबबाट मैले व्यवस्थित र योजनाबद्ध ढंगले प्रशिक्षण लिने सौभाग्य पाएको थिएँ। यसअघि म आफ्नै बलबुताले फुटबल खेलिरहको थिएँ।

सान्तोस क्लबमा आबद्ध भएपछि मेरो घरको आर्थिक स्थिति पनि केही सुध्रियो। त्यसैले मैले यी सबै सहयोगका लागि वाल्डेमारलाई धन्यवाद दिनैपर्छ। 

०००

सन् १९५८ को विश्वकप। स्विडेनको राजधानी स्टकहोममा सम्पन्न छैटौं विश्वकपपूर्व ब्राजिलमा विश्वकप टोली घोषणाको तयारी भइरहेको थियो। म त्यतिबेला छट्टी मनाउन घर फर्केको थिएँ। किनभने, मलाई थाहा थियो, मेरो छनोट असम्भव छ। 

320076714_716388206492340_6244961064052570767_n1672377716.png

म १६ वर्षे फुच्चे केटो, त्यसमा पनि त्यतिबेला ब्राजिलियन टोलीमा अनुभवी र एक से एक नाम चलेका खेलाडी थिए। घरमा एक्लै रेडियो बान्डेरान्तेस सुनेर बसिरहेको बेला एउटा समाचारले मलाई आकर्षित गर्‍यो- विश्वकपका लागि ब्राजिलियन टोली छनोट।

म जुरुक्क उठें। र, कानमा रेडियो थापें। सुरुमै मैले आफ्नो छनोटको सम्भावना हापे पनि ‘अब सुन्नुहोस् विश्वकपमा छनोट भएका खेलाडीहरूको नाम’ भन्दा मेरो शरीर कामिरहेको थियो। शरीर चिसो हुँदै थियो। म समाचारमा उद्धृत कुनै पनि नाम छुटाउन चाहँदैनथें। त्यसैले ध्यान दिएर समाचारमा टाँसिइरहें। 

समाचारवाचक चिरपरिचित अन्दाजमा ल्याटिन लेग्रो तान्दै करायो- विश्वकपका लागि छनोट भएका खेलाडीहरु यसप्रकार छन्- कास्टिल्हो...गिलमार...दाज्लामा सान्तोस...निल्टोन सान्तोस...माजोला...पेले...। 

मैले आफ्नो नाम राम्रोसँग सुनिनँ। मलाई सुरुमा हो कि होइन जस्तो लाग्यो। म अझै रेडियो नजिक पुगें। फेरि नाम दोहोरियो। कास्टिल्हो...गिलमार...दाज्लामा सान्तोस...निल्टोन सान्तोस...माजोला...पेले।

म पूरै नर्भस थिएँ। त्यतिबेलै मेरी आमा कोठाभित्र प्रवेश गरिन्। र, सोधिन्, ‘के भयो तिमीलाई?’
म पूरै पुलकित थिएँ। मेरो दाँत कामिरहेको थियो, ‘आमा, मलाई विश्वकप खेल्ने ब्राजिलियन टोली छनोटका लागि डाकिएको छ।’ 

सायद मेरो पहिलो कुरा मेरी आमाले बुझिनन्। मैले फेरि सुनाए, ‘बुझ्नुभएन आमा, मलाई ब्राजिलको विश्वकप टोलीको छनोटमा डाकिएको छ।’

मलाई लाग्यो, अझै उनले मेरो कुरा बुझ्न सकिनन्। एक्कासि मेरी आमाले मलाई नजिकै बोलाउँदै भनिन्, ‘खोई तिम्रो निधार छामौं। मलाई लाग्छ, तिमीलाई त्यति सन्चो छैन।’ 

मैले सपनामा पनि सोचेको थिइनँ, यति छिटो विश्वकप खेल्छु भनेर। तर मलाई सबैले हौस्याइरहे। सायद विश्वकप खेल्दा मेरो उमेर १७ वर्ष थियो। त्यसैले सबै मलाई हौस्याइरहेका थिए। 

वास्तवमा राष्ट्रिय टोलीमा मेरो पहिलो आगमन एक वर्ष अगाडि नै सन् १९५७ मा भइसकेको थियो। मेरो पहिलो अन्तर्राष्ट्रिय खेलको याद अझै मसँग ताजै छ। त्यो ७ जुलाई १९५७ थियो। म पहिलोपल्ट राष्ट्रिय टोलीसँगै मैदानमा थिएँ। 

त्यो क्षण म निकै खुसी थिएँ, केही नर्भस पनि। खेल्न मैदानमा उत्रिनुपूर्व मेरो मुटुको धड्कन यति तीव्रसँग ढुकढुक गरिहेको थियो- लाग्थ्यो, यो मुटु बाहिर निस्किन्छ कि। 

त्यो खेल अर्जेन्टिनाविरुद्ध थियो। खेल्नुपूर्व मलाई थुप्रै सिनियर खेलाडीले अर्जेन्टिनाका गोलरक्षकको तारिफ गर्दै सुनाएका थिए, ‘यसलाई गोल हान्न असम्भव छ।’

हुन पनि अर्जेन्टिनी गोलरक्षकको त्यतिबेला ठूलै प्रतिष्ठा थियो, विश्वभरि नै। गँठिलो जीउडालका उनी वास्तवमै पोस्टअगाडि बहादुर देखिन्थे। 

तर, आफ्नो पहिलो खेलमै मैले गोल गरें, त्यो पनि तिनै गोलरक्षकविरुद्ध। यद्यपि, हामीले यो खेल २-१ ले हार्‍यौं। १७ वर्षको उमेरमा मलाई १९५८ को विश्वकपमा मौका दिनुको कारण पनि यही खेल हुनुपर्छ। 

सन् १९५८ को विश्वकपमा मलाई स्थान दिए पनि म पहिलो रोजाइमा थिइनँ। पहिलो रोजाइका अतिरिक्त टोलीको पनि अतिरिक्तमा मलाई स्थान दिइएको थियो। त्यतिबेला मेरो उचाइ १ दसमलव ६८ मिटर मात्र थियो, निकै होचो।

हुर्कंदो उमेर, सामान्य चोट बोकेर त्यहाँ गएका कारण पनि यो विश्वकप खेल्ने कुरामा म कमै आशावादी थिएँ। तर हाम्रो टोलीमा एक चिकित्सक थिए, हिल्टन गोस्लिङ। उनी जहिल्यै मलाई हौस्याइरहेका हुन्थे। र, भन्ने गर्थे, ‘दिनहुँ हलुका अभ्यास गर। दोस्रो वा तेस्रो खेलमा तिम्रो मौका आउँछ।’ नभन्दै उनको भविष्यवाणी सही सावित भयो। 

सोभियत संघविरुद्धको तेस्रो खेलमा मलाई ‘प्लेइङ सेट’ मा स्थान दिइयो। त्यतिबेला सोभियत संघलाई उपाधि दाबेदारको रुपमा हेरिएको थियो।

हाम्रो टोलीमा मारियो जोगालो, भाभा, डिडी र गारिन्चाजस्ता चर्चित खेलाडी थिए। तर कालो र सानो कदको म मैदानमा पहिलो पल्ट प्रवेश गर्दा रंगशालामा आएका सबै जना चकित परे। किनभने, १० नम्बरको ख्यातिप्राप्त जर्सी नम्बर मेरो जिउमा थियो।

- पेलेको जीवनीबाट

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन अर्याल
नवीन अर्याल वरिष्ठ पत्रकार हुन्।
लेखकबाट थप
यस्ता थिए महाकवि
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद
आखिर कहाँ छन् एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी?
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्