काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु र दुरा समुदायले मनाउने ल्होसारको शुभकामना दिएका छन्।
ल्होसार सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्व रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाउन प्रेरणा मिल्ने अपेक्षा व्यक्त गरेका छन्। तमु र दुरा समुदायले शुक्रबार ल्होसार मनाउँदैछन्।
‘नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष) को बिदाई र नयाँ ल्हो (वर्ष) को स्वागतको रूपमा मनाउने ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले शुभकामना दिँदै भनेका छन्, ‘यस पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूबीच पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।