नयाँदिल्ली– भारतीय युवा क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते भएका छन्। शुक्रबार उत्तराखण्डको रुड्कीमा उनको कार दुर्घटनामा परेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।
समाचारअनुसार कार डिभाइडरसँग ठोक्किएर दुर्घटनाग्रस्त बनेको हो। स्थानीय प्रहरीका अनुसार पन्तको रुड्की सिभिल अस्पतालमा प्रारम्भिक उपचार गरेर देहरादुनस्थित म्याक्समा सिफ्ट गरिएको छ।
उनको स्वास्थ्य अवस्थाका बारेमा थप जानकारी आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।