• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपतिमा माधव नेपालको चर्चा कति सत्य? एमालेको सम्भावित अनुहार को?

64x64
डिबी खड्का बिहीबार, पुस १४, २०७९  २०:३६
1140x725

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि राष्ट्रपति एमालेबाट बन्ने तय छ। राजनीतिक पासा पल्टिँदा राष्ट्रपतिमा एमालेको 'ह्याट्रिक' प्रष्ट छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दुईपटक निर्वाचित भइसकेकाले तेस्रो कार्यकालमा एमालेले विकल्प खोज्नुपर्ने हुन्छ।

एमालेमा राष्ट्रपतिका सम्भावित अनुहारहरुको तस्बिर प्रष्ट नहुँदै दुई दिनदेखि फरक चर्चा चलिरहेको छ। उक्त चर्चाले एमालेजन पनि तरंगित छन्। त्यो चर्चा हो, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाइने। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको अनपेक्षित मिलनले राजनीतिमा 'असम्भव'  केही नहुने दर्शाइसकेको छ। नेपालको राष्ट्रपति बन्ने सम्भावनालाई नपत्याउने अवस्था देखिँदैन।

नेपालको आकांक्षा,  ओलीको हिसाब

सामान्य चर्चा चल्दा पत्याउने जमात कम हुन्थ्यो। त्यसलाई पुष्ट्याइँ गर्ने थप आधार पनि चर्चामै छ। त्यो हो, एकीकृत समाजवादी पार्टी एमालेमा विलय हुने। एउटा गुट बोकेर अर्कै पार्टी गठनसम्‍म पुगेका अध्यक्ष नेपाललाई राष्ट्रपति बनाएर राजनीतिबाट अलग्याउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै लाभ हुने एकथरीले बुझेका छन्।

एमालेमा राष्ट्रपतिका रुपमा अघि सारिने 'उपयुक्त पात्र' को सीमितताले पनि यस  चर्चामा बल पुर्‍याएको छ। नेपाल आफैंले पनि यसपल्ट राष्ट्रपतिका लागि स्पष्ट आकांक्षा दर्शाइरहेका छन्। यसअघि २०६४ र २०७२ मा पनि आफ्नो नाममा कुरा भएको बताउँदै 'उमेर नपुगेको' भनेर अस्वीकार गरेको बताएका थिए । सांसदका रुपमा सपथ ग्रहणपछि उनले भने, ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ। यो गठबन्धन कायम रहन्छ, पावर सेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ। राष्ट्रपति बन्ने आकांक्षा भएको भए ०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो। ०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो। मैले अस्वीकार गरेको हो। त्यतिवेला मैले मेरो उमेर पुगेको छैन भनेको हो।’

1617116371_Kp-oli-madhav-nepal-sketch.jpg

त्यसैमाथि केही दिनअघि एमाले अध्यक्ष ओलीले आफू निकटस्थ केही नेताहरुसँग चाँडै एमाले संसदको 'पहिलो दल' बन्ने संकेत गरेका थिए। त्यतातिर प्रयत्न भइरहेकको उनले बताएका थिए।  एमालेसँग अहिले ७८ सांसद छन्। पहिलो दल बन्न कम्तिमा ९० सांसद चाहिन्छन्। त्यसका लागि १० एकीकृत समाजवादीबाट ल्याउने,  एकजना एमालेबाटै बागी जितेका योगेन्द्र मण्डल र अर्को स्वतन्त्र सांसद् किरण साह रहेको हिसाब एमाले नेताहरुले निकालेका छन्। त्यसले पनि निशर्त पार्टी एमालेमा मिसाउँदा ओलीले नेपाललाई राष्ट्रपति स्वीकार्न सक्ने केही एमाले नेताहरुलाई लागेको छ।

एमाले नेताहरुबाटै बाहिरिएको प्रसंगले चर्चा कमाउन थालेपछि एकीकृत समाजवादीका नेताहरु बिहीबारदेखि खण्डनमा उत्रिएका छन्। नेपालसँग यस विषयमा छलफल भइनसकेको उनीहरुको खण्डनबाट पुष्टि हुन्छ। एमालेसँग पार्टी समाहित गरेर नेपाल राष्ट्रपति बन्ने चर्चाले व्यापकता पाएपछि उक्त पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले फेसबुक मार्फत् नै स्पष्ट पारे,  'बजार हल्लाको भ्रममा नपरौं। हाम्रो पार्टी नेकपा (एकीकृत  समाजवादी) कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि बढेको छैन।'

Ncell 2
Ncell 2
nimb
nimb

उनले वर्तमान चर्चालाई  'प्रायोजित प्रचार' को संज्ञा दिएका छन् र भ्रममा परेर धारणा बनाउन नहुने भनेका छन्। उक्त पार्टीका युवा संगठनका अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेश सांसद नरेश शाहीले त्यसअघि नै यो विषयमा खण्डन लेखेका थिए। उनले भनेका छन्,  'राजनीतिमा पावर ब्रोकरहरुले आफ्नो मार्केटिङ भ्यालु एडको लागि विभिन्न फन्डा ल्याइरहन्छन्, त्यसमा लाग्न जरुरी छैन।'

ओली निकटस्थ नेताहरु पनि नेपाललाई राष्ट्रपति बनाउने कुरा सिधै खारेज गर्छन्। ओलीनिकट एक नेताले भने,  'अहिले जस्तो समीकरण बने पनि ओलीका दुई झगडियामा एक प्रधानमन्त्री प्रचण्ड र अर्को नेपाल नै हुन्। एउटालाई शीतल निवास र अर्को बालुवाटार पुर्‍याएर आफैंमाथि खतरा निम्तिने खेल हामीबाट हुँदैन।'

आफू निकटको राष्ट्रपति हुँदा अप्ठ्यारोमा सघाउ पुग्ने अनुभव अघिल्लो कार्यकालमा ओलीले गरिसकेका छन्। त्यसैले यसपल्ट पनि उनीनिकट नेतालाई नै राष्ट्रपतिका रुपमा अघि सार्ने ओलीनिकटका नेताहरुको दाबी छ।

ओलीनिकट को?

चर्चामा आएजस्तो राष्ट्रपतिमा ‌ओलीनिकट नेताले नै अवसर पाउने कुरा लगभग पक्का छ। सँगै प्रश्न छ- ओलीनिकट भन्नाले को? यतिबेला एमालेमा ओलीका समकक्षी धेरै नेता छैनन्। भएका झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतम नेकपालाई तितरवितर पार्नेगरी आएको राजनीतिक आँधीबाट अनेक किनारमा पुगिसके।

त्यसैले एमालेको दोस्रो तहमा आँखा लगाउनु उपयुक्त हुन्छ। त्यसरी नाम केलाउँदा वरिष्ठ उपाध्यक्ष ईश्‍वर पोखरेल,  उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा बादल र सुवास नेम्वाङ देखिन्छन्। 

यो सूचीमा रहेका शाक्य र ज्ञवाली एमालेमै रहेका तर अर्को ध्रुबका नेताहरु हुन्। उनीहरुलाई प्रदेश प्रमुखसम्म बनाउन सक्ने चर्चा एमालेमा छ। नाम सूची 'न्‍यारोडाउन' गर्दै जाँदा बाँकी रहे तीनजना। तीमध्ये बादल माओवादी केन्द्रबाट एमालेमै रहेका नेता हुन्। उनलाई ओलीले अहिल्यै अवसर दिइहाल्ने कुरामा आशंका छ। बरु बादलपत्नी नैनकला थापालाई मन्त्री बनाउने चर्चा एमालेमा छ। यसअघि छोटो कार्यकालका लागि बनाइएकी उनले यसपल्ट फेरि अवसर पाउने सम्भावना देखिन्छ।

ishor pokheral1668838432.png

त्यसपछि बाँकी रहे पोखरेल र नेम्वाङ। उनीहरु दुवैजना अहिले 'रेसमा' देखिन्छन्। पार्टीको वरिष्ठ उपाध्यक्ष रहेका पोखरेलले मंसिर ४ को निर्वाचनमा पराजय बेहोरेका छन्। सरकारतिर अवसर नपाउने उनका लागि उपयुक्त ठाउँ त्यही रहेको एमालेमा चर्चा छ। पोखरेल पक्षीय नेताहरु नेकपाकालपछिको वैचारिक लडाइँमा ओलीका लागि खम्बा बनेर अडिएको तर्क गर्छन्। 'राजनीतिक ध्रुवीकरण एकतर्फ ‌ओली र अर्को तर्फ सवै दलहरु हुन् भनेर शब्द क्वाइन गर्दै त्यसलाई आमजनमाझ पुर्‍याउन पोखरेलले निकै भूमिका खेले। समकालीन नेतामा सबैभन्दा लामो समयदेखि कमिटीमा पनि उनै छन्। त्यसैले उनी यो पदका लागि उपयुक्त हुन्,' पोखरेल पक्षका एक नेताले भने।

यसअघि पोखरेलका लागि वरिष्ठ उपाध्यक्ष सिर्जना गरिएकाले पनि उनी राष्ट्रपतिको रेसमा अगाडि रहेको ती नेता ठान्छन्। आगामी पार्टी नेतृत्व वा अहिले राष्ट्रपति एकका रुपमा उनलाई अघि सारिने आशा ती नेताको छ।

तर,  पोखरेललाई राष्ट्रपतिमा रोक्ने केही बाह्य कारण छन्। तीमध्ये एक रक्षामन्त्री हुँदा उनको सेनासँग सुमधुर सम्बन्ध कायम हुन नसक्नु हो। सेनाले सहज रुपमा नस्वीकार्ने अवस्थाका कारण उनी राष्ट्रपति बन्ने सम्भावना कमजोर रहेको पनि एमालेभित्रकै नेताहरु बताउँछन्। त्यसैमाथि आम निर्वाचनमा पराजित भएका कारण राष्ट्रपति बनाउँदा विरोध हुनसक्ने आशंका समेत एमालेभित्रै हुने थालेको छ। यसअघि माओवादी केन्द्र र एमाले मिलेर नेकपा बन्दा उनको महासचिव पद खोसिएको थियो। प्रधानमन्त्री प्रचण्डले उनको नाममा चित्त बुझाउने सम्भावना न्युन देखिरहेका छन् केही नेताहरु।

बाँकी नाम, संविधान सभा अध्यक्ष समेत रहेका उपाध्यक्ष सुवास नेम्‍वाङ। प्रत्यक्ष निर्वाचनबाट निर्वाचित दुईमध्ये एउटा उपाध्यक्षले सरकारको नेतृत्व गरिसकेका छन्। अर्कोले राष्ट्रपतिका रुपमा अवसर पाउनुपर्ने अर्कोथरी एमाले नेता-कार्यकर्ताहरुको भनाइ छ।

1638166493_Subash nemwang.jpg

यसअघि दुईपल्ट संविधानसभा अध्यक्षसमेत भइसकेका उनको सार्वजनिक स्वीकार्यता पनि बढी छ। सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका र ओलीनिकट रहेकाले उनलाई अगाडि सारिने अर्कोथरी एमाले नेताहरुको दाबी छ।

प्रत्यक्ष प्रतिस्पर्धा नभए पनि नेम्वाङले दोस्रोपल्ट सामना भने पोखरेलकै गर्नुपर्ने देखिन्छ। यसअघि वरिष्ठ उपाध्यक्षका लागि नेम्वाङ समेत आकांक्षी थिए। एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग भइसकेको अवस्थामा पदाधिकारीमा अध्यक्ष र महासचिव मात्रै कायम थिए। बाँकीको रोलक्रम मिलाउँदा ओली पछिका वरिष्ठ नेताका रुपमा महासचिव पोखरेल (बायाँ) सँगै नेम्वाङ (दायाँ) थिए। बैठक बस्दा ओहदाअनुसार कुर्सी मिलाएर बस्ने प्रचलन एमालेमा पनि छ। ओली निर्देशनमा भएको यो प्लानिङमा दायाँ कुर्सीमा रहेकाले आफूलाई वरिष्ठ उपाध्यक्ष दिनसक्ने आकलन त्योबेला नेम्वाङले गरेका थिए। तर, पोखरेलले उनलाई उछिने।

एमालेमा अहिले अध्यक्ष ओली सर्वोपरी हुन्। उनको प्रस्ताव नै निर्णय हुन्छ। त्यसैले उनले अहिले कुनै संकेत नगरेको एमाले नेताहरु बताउँछन्। आकांक्षीहरुसँग यस विषयमा छलफल समेत थालेका छैनन्। त्यसकारण प्रश्न कायम छ-  एमालेलाई अनपेक्षित रुपमा आइलागेको राष्ट्रपति पदमा कसले छलाङ मार्लान्?
 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  २०:३६
  • #माधवकुमारनेपाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले गुरुङले पदबाट दिएको राजीनामाबारे जानकारी गराएका थिए। बैठकल... आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आज रवि लामिछानेको जन्मदिन हो। सामाजिक सञ्जालमा उनलाई शुभकामना दिने क्रम चलिरहँदा प्रधानमन्त्री बालेनको फेसबुक पेजमा भने अहिलेसम्म रव... आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय सभापति गगनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्