• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपतिमा माधव नेपालको चर्चा कति सत्य? एमालेको सम्भावित अनुहार को?

64x64
डिबी खड्का बिहीबार, पुस १४, २०७९  २०:३६
1140x725

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि राष्ट्रपति एमालेबाट बन्ने तय छ। राजनीतिक पासा पल्टिँदा राष्ट्रपतिमा एमालेको 'ह्याट्रिक' प्रष्ट छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दुईपटक निर्वाचित भइसकेकाले तेस्रो कार्यकालमा एमालेले विकल्प खोज्नुपर्ने हुन्छ।

एमालेमा राष्ट्रपतिका सम्भावित अनुहारहरुको तस्बिर प्रष्ट नहुँदै दुई दिनदेखि फरक चर्चा चलिरहेको छ। उक्त चर्चाले एमालेजन पनि तरंगित छन्। त्यो चर्चा हो, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाइने। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको अनपेक्षित मिलनले राजनीतिमा 'असम्भव'  केही नहुने दर्शाइसकेको छ। नेपालको राष्ट्रपति बन्ने सम्भावनालाई नपत्याउने अवस्था देखिँदैन।

नेपालको आकांक्षा,  ओलीको हिसाब

सामान्य चर्चा चल्दा पत्याउने जमात कम हुन्थ्यो। त्यसलाई पुष्ट्याइँ गर्ने थप आधार पनि चर्चामै छ। त्यो हो, एकीकृत समाजवादी पार्टी एमालेमा विलय हुने। एउटा गुट बोकेर अर्कै पार्टी गठनसम्‍म पुगेका अध्यक्ष नेपाललाई राष्ट्रपति बनाएर राजनीतिबाट अलग्याउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै लाभ हुने एकथरीले बुझेका छन्।

एमालेमा राष्ट्रपतिका रुपमा अघि सारिने 'उपयुक्त पात्र' को सीमितताले पनि यस  चर्चामा बल पुर्‍याएको छ। नेपाल आफैंले पनि यसपल्ट राष्ट्रपतिका लागि स्पष्ट आकांक्षा दर्शाइरहेका छन्। यसअघि २०६४ र २०७२ मा पनि आफ्नो नाममा कुरा भएको बताउँदै 'उमेर नपुगेको' भनेर अस्वीकार गरेको बताएका थिए । सांसदका रुपमा सपथ ग्रहणपछि उनले भने, ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ। यो गठबन्धन कायम रहन्छ, पावर सेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ। राष्ट्रपति बन्ने आकांक्षा भएको भए ०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो। ०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो। मैले अस्वीकार गरेको हो। त्यतिवेला मैले मेरो उमेर पुगेको छैन भनेको हो।’

1617116371_Kp-oli-madhav-nepal-sketch.jpg

त्यसैमाथि केही दिनअघि एमाले अध्यक्ष ओलीले आफू निकटस्थ केही नेताहरुसँग चाँडै एमाले संसदको 'पहिलो दल' बन्ने संकेत गरेका थिए। त्यतातिर प्रयत्न भइरहेकको उनले बताएका थिए।  एमालेसँग अहिले ७८ सांसद छन्। पहिलो दल बन्न कम्तिमा ९० सांसद चाहिन्छन्। त्यसका लागि १० एकीकृत समाजवादीबाट ल्याउने,  एकजना एमालेबाटै बागी जितेका योगेन्द्र मण्डल र अर्को स्वतन्त्र सांसद् किरण साह रहेको हिसाब एमाले नेताहरुले निकालेका छन्। त्यसले पनि निशर्त पार्टी एमालेमा मिसाउँदा ओलीले नेपाललाई राष्ट्रपति स्वीकार्न सक्ने केही एमाले नेताहरुलाई लागेको छ।

एमाले नेताहरुबाटै बाहिरिएको प्रसंगले चर्चा कमाउन थालेपछि एकीकृत समाजवादीका नेताहरु बिहीबारदेखि खण्डनमा उत्रिएका छन्। नेपालसँग यस विषयमा छलफल भइनसकेको उनीहरुको खण्डनबाट पुष्टि हुन्छ। एमालेसँग पार्टी समाहित गरेर नेपाल राष्ट्रपति बन्ने चर्चाले व्यापकता पाएपछि उक्त पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले फेसबुक मार्फत् नै स्पष्ट पारे,  'बजार हल्लाको भ्रममा नपरौं। हाम्रो पार्टी नेकपा (एकीकृत  समाजवादी) कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि बढेको छैन।'

Ncell 2
Ncell 2
nimb
nimb

उनले वर्तमान चर्चालाई  'प्रायोजित प्रचार' को संज्ञा दिएका छन् र भ्रममा परेर धारणा बनाउन नहुने भनेका छन्। उक्त पार्टीका युवा संगठनका अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेश सांसद नरेश शाहीले त्यसअघि नै यो विषयमा खण्डन लेखेका थिए। उनले भनेका छन्,  'राजनीतिमा पावर ब्रोकरहरुले आफ्नो मार्केटिङ भ्यालु एडको लागि विभिन्न फन्डा ल्याइरहन्छन्, त्यसमा लाग्न जरुरी छैन।'

ओली निकटस्थ नेताहरु पनि नेपाललाई राष्ट्रपति बनाउने कुरा सिधै खारेज गर्छन्। ओलीनिकट एक नेताले भने,  'अहिले जस्तो समीकरण बने पनि ओलीका दुई झगडियामा एक प्रधानमन्त्री प्रचण्ड र अर्को नेपाल नै हुन्। एउटालाई शीतल निवास र अर्को बालुवाटार पुर्‍याएर आफैंमाथि खतरा निम्तिने खेल हामीबाट हुँदैन।'

आफू निकटको राष्ट्रपति हुँदा अप्ठ्यारोमा सघाउ पुग्ने अनुभव अघिल्लो कार्यकालमा ओलीले गरिसकेका छन्। त्यसैले यसपल्ट पनि उनीनिकट नेतालाई नै राष्ट्रपतिका रुपमा अघि सार्ने ओलीनिकटका नेताहरुको दाबी छ।

ओलीनिकट को?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चर्चामा आएजस्तो राष्ट्रपतिमा ‌ओलीनिकट नेताले नै अवसर पाउने कुरा लगभग पक्का छ। सँगै प्रश्न छ- ओलीनिकट भन्नाले को? यतिबेला एमालेमा ओलीका समकक्षी धेरै नेता छैनन्। भएका झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतम नेकपालाई तितरवितर पार्नेगरी आएको राजनीतिक आँधीबाट अनेक किनारमा पुगिसके।

त्यसैले एमालेको दोस्रो तहमा आँखा लगाउनु उपयुक्त हुन्छ। त्यसरी नाम केलाउँदा वरिष्ठ उपाध्यक्ष ईश्‍वर पोखरेल,  उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा बादल र सुवास नेम्वाङ देखिन्छन्। 

यो सूचीमा रहेका शाक्य र ज्ञवाली एमालेमै रहेका तर अर्को ध्रुबका नेताहरु हुन्। उनीहरुलाई प्रदेश प्रमुखसम्म बनाउन सक्ने चर्चा एमालेमा छ। नाम सूची 'न्‍यारोडाउन' गर्दै जाँदा बाँकी रहे तीनजना। तीमध्ये बादल माओवादी केन्द्रबाट एमालेमै रहेका नेता हुन्। उनलाई ओलीले अहिल्यै अवसर दिइहाल्ने कुरामा आशंका छ। बरु बादलपत्नी नैनकला थापालाई मन्त्री बनाउने चर्चा एमालेमा छ। यसअघि छोटो कार्यकालका लागि बनाइएकी उनले यसपल्ट फेरि अवसर पाउने सम्भावना देखिन्छ।

ishor pokheral1668838432.png

त्यसपछि बाँकी रहे पोखरेल र नेम्वाङ। उनीहरु दुवैजना अहिले 'रेसमा' देखिन्छन्। पार्टीको वरिष्ठ उपाध्यक्ष रहेका पोखरेलले मंसिर ४ को निर्वाचनमा पराजय बेहोरेका छन्। सरकारतिर अवसर नपाउने उनका लागि उपयुक्त ठाउँ त्यही रहेको एमालेमा चर्चा छ। पोखरेल पक्षीय नेताहरु नेकपाकालपछिको वैचारिक लडाइँमा ओलीका लागि खम्बा बनेर अडिएको तर्क गर्छन्। 'राजनीतिक ध्रुवीकरण एकतर्फ ‌ओली र अर्को तर्फ सवै दलहरु हुन् भनेर शब्द क्वाइन गर्दै त्यसलाई आमजनमाझ पुर्‍याउन पोखरेलले निकै भूमिका खेले। समकालीन नेतामा सबैभन्दा लामो समयदेखि कमिटीमा पनि उनै छन्। त्यसैले उनी यो पदका लागि उपयुक्त हुन्,' पोखरेल पक्षका एक नेताले भने।

यसअघि पोखरेलका लागि वरिष्ठ उपाध्यक्ष सिर्जना गरिएकाले पनि उनी राष्ट्रपतिको रेसमा अगाडि रहेको ती नेता ठान्छन्। आगामी पार्टी नेतृत्व वा अहिले राष्ट्रपति एकका रुपमा उनलाई अघि सारिने आशा ती नेताको छ।

तर,  पोखरेललाई राष्ट्रपतिमा रोक्ने केही बाह्य कारण छन्। तीमध्ये एक रक्षामन्त्री हुँदा उनको सेनासँग सुमधुर सम्बन्ध कायम हुन नसक्नु हो। सेनाले सहज रुपमा नस्वीकार्ने अवस्थाका कारण उनी राष्ट्रपति बन्ने सम्भावना कमजोर रहेको पनि एमालेभित्रकै नेताहरु बताउँछन्। त्यसैमाथि आम निर्वाचनमा पराजित भएका कारण राष्ट्रपति बनाउँदा विरोध हुनसक्ने आशंका समेत एमालेभित्रै हुने थालेको छ। यसअघि माओवादी केन्द्र र एमाले मिलेर नेकपा बन्दा उनको महासचिव पद खोसिएको थियो। प्रधानमन्त्री प्रचण्डले उनको नाममा चित्त बुझाउने सम्भावना न्युन देखिरहेका छन् केही नेताहरु।

बाँकी नाम, संविधान सभा अध्यक्ष समेत रहेका उपाध्यक्ष सुवास नेम्‍वाङ। प्रत्यक्ष निर्वाचनबाट निर्वाचित दुईमध्ये एउटा उपाध्यक्षले सरकारको नेतृत्व गरिसकेका छन्। अर्कोले राष्ट्रपतिका रुपमा अवसर पाउनुपर्ने अर्कोथरी एमाले नेता-कार्यकर्ताहरुको भनाइ छ।

1638166493_Subash nemwang.jpg

यसअघि दुईपल्ट संविधानसभा अध्यक्षसमेत भइसकेका उनको सार्वजनिक स्वीकार्यता पनि बढी छ। सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका र ओलीनिकट रहेकाले उनलाई अगाडि सारिने अर्कोथरी एमाले नेताहरुको दाबी छ।

प्रत्यक्ष प्रतिस्पर्धा नभए पनि नेम्वाङले दोस्रोपल्ट सामना भने पोखरेलकै गर्नुपर्ने देखिन्छ। यसअघि वरिष्ठ उपाध्यक्षका लागि नेम्वाङ समेत आकांक्षी थिए। एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग भइसकेको अवस्थामा पदाधिकारीमा अध्यक्ष र महासचिव मात्रै कायम थिए। बाँकीको रोलक्रम मिलाउँदा ओली पछिका वरिष्ठ नेताका रुपमा महासचिव पोखरेल (बायाँ) सँगै नेम्वाङ (दायाँ) थिए। बैठक बस्दा ओहदाअनुसार कुर्सी मिलाएर बस्ने प्रचलन एमालेमा पनि छ। ओली निर्देशनमा भएको यो प्लानिङमा दायाँ कुर्सीमा रहेकाले आफूलाई वरिष्ठ उपाध्यक्ष दिनसक्ने आकलन त्योबेला नेम्वाङले गरेका थिए। तर, पोखरेलले उनलाई उछिने।

एमालेमा अहिले अध्यक्ष ओली सर्वोपरी हुन्। उनको प्रस्ताव नै निर्णय हुन्छ। त्यसैले उनले अहिले कुनै संकेत नगरेको एमाले नेताहरु बताउँछन्। आकांक्षीहरुसँग यस विषयमा छलफल समेत थालेका छैनन्। त्यसकारण प्रश्न कायम छ-  एमालेलाई अनपेक्षित रुपमा आइलागेको राष्ट्रपति पदमा कसले छलाङ मार्लान्?
 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  २०:३६
  • #माधवकुमारनेपाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कहाँ छन् रवि लामिछाने? लामिछाने कात्तिक ६ गतेदेखि तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भन्दै भारत प्रस्थान गरेका थिए। आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी समितिका संयोजक भट्टराईका अनुसार सुनारले आरोप स्वीकार नगरेपछि अब सार्वजनिक सामग्रीको सत्यता परीक्षण र थप प्रमाण संकलनमा केन्द्रित हुन... आइतबार, कात्तिक ८, २०८३
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्