काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
उनले बिहीबार साँझा बालुवाटार गएर प्रधानमन्त्री प्रचण्डलाई भेटेको उनको सचिवालयले जनाएको छ।

भेटमा राजदूत थम्पसनले प्रधानमन्त्री भएकोमा प्रचण्डलाई बधाई तथा शुभकामना दिएका थिए।
साथै, दुईपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत पुस १० गते एमालेसहितका दलहरूको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका थिए। उनी नियुक्ति भएको भोलिपल्ट अमेरिकाले बधाई दिइसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।