काठमाडौं– गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका १४२ सुरक्षाकर्मी फिर्ता भएका छन्।
बिहीबार साँझसम्ममा नेपाल प्रहरीबाट ५७ र सशस्त्र प्रहरी बलबाट ८५ गरी जम्मा १४२ जना सुरक्षाकर्मी फिर्ता भइसकेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ।
गृहमन्त्री लामिछानेको ४८ घण्टे निर्देशनपछि सुरक्षाकर्मीहरू फिर्ता भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।