काठमाडौं– मधेस प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उनलाई बिहीबार शपथ गराएका हुन्। नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (क) बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य हुन्।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ।
ज्येष्ठ सदस्य न्यौपानेले शुक्रबार बाँकी प्रदेश सभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ।
शपथग्रहणपछि उनले संविधानको व्यवस्थानुसार अर्को व्यवस्था नभएसम्म आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।