काठमाडौं– नेपाली कांग्रेसको मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित भएका छन्। कांग्रेसको मधेस प्रदेशका सभापति समेत रहेका यादवले पूर्वमन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन्।
मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन्। जसमा निर्वाचित कृष्ण यादवले १८ र पराजित रामसरोज यादवले ४ मत ल्याएका कांग्रेस मधेस प्रदेशका सञ्चार विभाग प्रमुख नितेश गुप्ताले बताए।
संस्थापन पक्षका प्रदेश पार्टी सभापति कृष्ण यादवले पार्टीको प्रदेश अधिवेशनमा पनि पूर्वमन्त्रीलाई सभापतिमा पराजित गरेका थिए। कृष्ण रौतहट क्षेत्र नम्बर १ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए भने राजसरोज धनुषा क्षेत्र नम्बर ३ को (१) बाट निवार्चित भएका थिए।
कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि निकट रहेका रामसरोज दुई वर्ष अगाडि केन्द्रमा कांग्रेस र माओवादीको गठबन्धन बन्दा मधेस प्रदेशमा भौतिक पूर्वाधार मन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।