काठमाडौं- बागमती प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि बोलाइएको छ। बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले अधिवेशन आह्वान गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते दिउँसो १ बजेका लागि एघारौँ अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बागमती प्रदेशमा ११० जना सांसद छन्। मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनबाट कांग्रेस ३७ सिट सहित सबैभन्दा ठूलो दल भएको छ। दोस्रो ठूलो दल एमालेको २७ र तेस्रो ठूलो दल माओवादी केन्द्रको २१ सिट छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।