काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजार बढेर २ हजारको विन्दुभन्दा माथि पुगेको छ। सेयर बजार परिसूचक (नेप्से) ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ।
बिहीबार सेन्सेटिभ इन्डेक्स ९.९८ अंक, फ्लोट इन्डेक्स ३.८० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.९६ अंकले बढेको छ।
बिहीबार बजारमा ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा कुल २ अर्ब ८६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भयो।
बिहीबार कारोबारमा आएका सबै उपसमूह बढेका छन्। बैंकिङ २४, विकास बैंक ११६, फाइनान्स ८७, होटल तथा पर्यटन ७६, जलविद्युत् १०५, जीवन बीमा ३८५, उत्पादन ११२, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा ३४८, अन्य ४१ र ब्यापार उपसमूह ४७ अंकले बढे।
२०८ कम्पनीको सेयरमूल्य बढ्दा ६ कम्पनीको सेयरमूल्य घट्यो। ८ कम्पनीको सेयरमूल्य भने १० प्रतिशतको हाराहारीमा बढ्यो।
बिहीबार हिमालय ऊर्जा विकास, सानिमा लाइफ इन्स्योरेन्स, सिर्जनशील लघुवित्तको सेयरमूल्य १० प्रतिशत बढ्यो। धौलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वेतगंगा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९ प्रतिशत बढ्यो।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, रिडी पावर, एनआईसी एसिया बैंक र नबिल बैंक क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।