काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनमा भएको अन्तर्घातसम्बन्धी उजुरी गर्ने समय थप गरेको छ।
यसअघि कांग्रेसले पुष १५ भित्र त्यस्ता उजुरी सम्बन्धमा छानबिन गरेर केन्द्रीय अनुशासन आयोगमा पठाउन मातहतका निकायलाई निर्देशन दिएको थियो।
अनुशासन आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै समय थप गरेको हो।
‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको सम्बन्धमा परेका उजुरीहरू प्रदेश एवं जिल्ला अनुशासन समितिवाट विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि प्रदेश एवं जिल्ला अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णय सहित २०७९ पौष १५ गतेभित्र पठाउनु पर्ने भनी प्रदेश तथा जिल्ला कार्यसमितिलाई पत्राचार गरिएकोमा सो म्याद थप गर्नु पर्ने भनी सिफारिस प्राप्त हुन आएकोले उक्त समयावधी २०७९ माघ १५ गतेसम्मका लागि वढाइएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।