काठमाडौं– नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन्। उनी बिहीबार सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन्। संसदीय दलको नेता चयनका लागि नेकपा एमालेको संसदीय दलको बैठक बिहीबार हेटौँडामा बसेको थियो।
थपलिया मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा चितवन- १ (१) बाट निर्वाचित भएका थिए। उनले कांग्रेस उम्मेदवार किरण भुषण ओलीलाई पराजित गरेका हुन्। थपलिया नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पनि हुन्।
थपलिया बागमती प्रदेशमा एमालेको मुख्यमन्त्रीको दाबेदार हुन्। एमाले र माओवादी केन्द्रको संघीय सरकार गठनमा साझेदारी भएपछि थपलियाको सम्भावना बढेको छ।
बागमती प्रदेश सभामा एमाले दोस्रो ठूलो दल हो। ११० सदस्यीय प्रदेश सभाको पहिलो ठूलो दल कांग्रेको ३७ सिट छ। एमालेको २७ सिट छ। माओवादी केन्द्रको २१ सिट छ। त्यस्तै, राप्रपाको १३ सिट छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।