काठमाडौं– नेकपा (एमाले)को राष्ट्रिय सभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन्।
राष्ट्रिय सभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए। नेता भट्टराईले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो। मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।