काठमाडौं– सत्तारुढ दलहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ।
सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। आजको बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुनेछ।
यस्तै प्रदेश सरकार गठनका विषयमा पनि छलफल हुने बताइएको छ। यसअघि बुधबार खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचमा छलफल भएको थियो।
आजकै बैठकमा सरकारलाई समर्थन गरेका तर सहभागी नभएका राप्रपा लगायतका दलहरुलाई सरकारमा सहभागी गराउनेबारेमा पनि छलफल गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।