काठमाडौं– नेकपा (एमाले) कर्णाली प्रदेश सभा दलको नेतामा यामलाल कँडेल चयन भएका छन्।
एमाले कर्णाली प्रदेश समितिको बुधबार बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो।
संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो ।
आफूले दाबी छोडेपछि कँडेल सर्वसम्मत दलको नेतामा चयन भएको अध्यक्ष शाहले जानकारी दिए।
नेता कँडेल २०७४ मा पनि प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। हाल उनी एमालेको स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इञ्चार्ज हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।