काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ।
राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूची तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
यस्तै, जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ। चुनावी समीक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका अजेन्डामा बैठक केन्द्रीत हुनेछ।
बैठक पार्टी कार्यालय बालकुमारीमा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।