काठमाडौं– गण्डकी प्रदेश सभा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। अर्का आकांक्षी भोजराज अर्याललाई हराउँदै पाण्डे निर्वाचित भएका हुन्। पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन्।
पाण्डेले १८ मत पाएका छन् भने अर्यालले ८ पाएका छन्। १ जनाले भने मत बदर गरेका छन्। पाण्डे गोरखा २ (२) बाट निर्वाचित भएका हुन्।
अर्याल स्याङ्जा २ (१) बाट निर्वाचित भएका हुन्। गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।