काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन्। संसदीय दलको नेताका अर्का प्रत्यासी इन्द्र बानियाँलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।
लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत प्राप्त गरेका हुन्। दुवै संस्थापन पक्षका नेता भए पनि लामालाई संस्थापनइतर पक्षले समेत सघाएको थियो।
नुवाकोट- २ खबाट लामा निर्वाचित भएका हुन् भने बानियाँ मकवानपुर- २ ख बाट निर्वाचित भएका हुन्। बानियाँ कांग्रेस बागमती प्रदेश कार्य समितिका सभापति पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।