मस्को (एजेन्सी) – रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनमा विपक्षी नेता अलेक्सई नवालनीको आह्वानमा हजारौं प्रदर्शनकारीले देशभर विरोध प्रदर्शन गरेका छन्।
विपक्षी नेता नवालनीले आफूलाई राष्ट्रपति पदको चुनाव लड्न दिन अधिकारीहरुमाथि दबाव दिन यो प्रदर्शन गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । प्रहरीले पुटिनको जन्मदनिमा अप्रिय स्थित आउन नदिन क्रेमलिनको नजिकै विरोध प्रदर्शन गर्ने अनुमति दिएको थियो।
राष्ट्रपति पुटिनको गृहनगर सेन्ट पिट्सबर्गमा आयोजित विशाल र्यालीलाई प्रहरीले तितरवितर पारेको छ । र्यालीले यातायात अवरुद्ध पारेर प्रहरीको घेरा तोड्न खोजेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो।
प्रदर्शनको अनुमति नपाए पनि र्यालीको आह्वान गरेको आरोपमा विपक्षी नेता नवालनी अहिले २० दिनको जेल सजाय काटिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।