काठमाडौं– जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादवले सरकारमा सहभागिताबारे कार्यकारिणी समिति र राजनीतिक समितिले निर्णय गर्ने बताएका छन्। संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ती समितिको बैठक बस्ने र सरकारमा सहभागिताबारे निर्णय गर्ने बताए।
उनले आफूलाई पार्टीको जिम्मेवारीमा संसदीय दलको नेताको जिम्मेवारी पनि थपिएको बताए। ‘अब यो जिम्मेवारीलाई पार्टीको विधान र पार्टीको निर्देशन, नीति, सिद्धान्त र अजेन्डालाई प्रभावकारी र इमानदारीका साथ, निष्ठाका साथ सदनमा भूमिका निर्वाह गर्ने प्रयास गर्छु,’ उनले भने।
जसपा संसदीय दलको नेतामा अशोक राई, राजकिशोर यादव र रामसहायप्रसाद यादव आकांक्षी थिए। अन्तिममा रामसहाय सर्वसम्मत नेता चयन भएका हुन्। प्रतिनिधि सभामा जसपाको १२ सिट छ। अध्यक्ष उपेन्द्र यादव भने सप्तरी- २ बाट पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।