काठमाडौं- ७ दलीय सत्ता-साझेदार दलका शीर्ष नेताहरुको बैठक बिहीबार बालुवाटारमा बस्ने भएको छ। बुधबार प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि बिहीबार बालुवाटारमा बैठक बस्ने गरी टुङ्गिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सञ्चारकर्मीलाई बताएका छन्।
भोलि बस्ने बैठकमा मन्त्रिपरिषद् गठन र मन्त्रीहरुको कार्यविभाजनबारे छलफल हुने मल्लले बताएका छन्।
‘भोलि फेरि बालुवाटारमा अर्को बस्ने गरी आजको बैठक टुङ्गिएको छ। सत्ता साझेदार दलहरुको प्रमुख नेताको बैठकले मन्त्रिपरिषद् र मन्त्रीहरुको कार्यविभाजन तोक्ने विषयमा छलफल हुन्छ,’ मल्लले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।