काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको छ। अध्यक्ष ओली बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए।
करिब अढाई घण्टा भएको छलफलमा उक्त विषयमा घनीभूत छलफल भएको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए।
‘प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सरकार गठन भएपछि सरकारका नीति कार्यक्रम के बनाउने, कसरी जाने र सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्नेमा गहिरो छलफल भयो। पहिलो क्याबिनेटले जे निर्णय गरेको छ, जनतालाई सेवा सुविधा र शुसासनका विषयमा ती कुरालाई कार्यन्वयनको तहसम्म पुर्याउने छलफल भएको छ,’ छलफल सकिएपछि संचारकर्मीसँग मल्लले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।