काठमाडौं– प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समसामयिक विषयमा छलफल भएको बताएका छन्।
अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेका थिए। भेटपछि बाहिरीने क्रममा ओलीले संचारकर्मीसमक्ष उक्त कुरा बताएका हुन्।
‘समसामयिक विषयमा छलफल भएको छ। भर्खर सरकार गठन भएको छ। त्यसलाइ अघि बढाउनु पर्छ भन्नेबारे छलफल भयो,’ सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।