काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरुको छलफल सकिएको छ। बुधबार बिहान कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलले २ वटा निष्कर्ष निकालेको नेताहरुले बताएका छन्।
प्रदेश संसदीय दलको नेता चयनका लागि हुन लागेका निर्वाचनमा संस्थापन इतर समूहको साझा उम्मेदवार तय गर्ने र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा एउटै स्वर बनाउने निष्कर्ष निकालिएको एक नेताले जानकारी दिए।
कांग्रेसले गठबन्धनलाई विश्वासमा राख्न नसक्दा प्रधानमन्त्री र राष्ट्रपति लगायतका कैयौँ पदहरु गुमाउनुपरेकोमा कांग्रेसभित्र विवाद सिर्जना भएको छ। संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाको आलोचना गर्दै आएका छन्। सभापतिले ढंग नपुर्याउँदा कांग्रेसले सर्वस्व गुमाउनुपरेको उनीहरुको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।