काठमाडौं– जनता समाजवादी पार्टीको आज संसदीय दलको नेता चयन गर्दैछ। त्यसका लागि आज निर्वाचन हुनेछ।
निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। यस्तै अन्य प्रक्रिया सम्पन्न गरी २:३० देखि ३:३० बजेसम्म मतदान हुनेछ।
जसपा संसदीय दलको कार्यालयका अनुसार मतदान सम्पन्न भएलगत्तै मतपरिणाम सार्वजनिक हुनेछ। प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।
संसदीय दलको नेता को बन्ने भन्ने टुंगो लागिसकेको छैन। सरकारलाई समर्थन गरे पनि जसपा हाल सरकारमा सहभागी भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।