काठमाडौं– कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्जर भएर पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ। दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस ६ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते अन्तिम स्वीकृति दिइसकेको छ।
दुवै बैंक एक भएपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। गत मंसिर २८ गते सम्पन्न विशेष साधारण सभाले दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो। कुमारी र एनसीसी बैंकले गत असोज १० गते मर्जरमा जाने सम्झौता गरेका थिए।
दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्। अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ। मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।