काठमाडौं– सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता)मा डा दिनमणि पोखरेल नियुक्त हुने भएका छन्। सरकारले पोखरेललाई मंगलबार महान्यायाधिवक्ताको जिम्मेवारी दिन लागेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था संवैधानिक व्यवस्था छ।
पोखरेलले भारतको दिल्ली युनिभर्सिटीबाट एलएलएम गरेका छन्। यस्तै, नेदरल्याण्डबाट राजनीति अर्थशास्त्रमा एमए गरेका छन्। संवैधानिक र फौजदारी कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन्।
पोखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्हाकार समेत बनेका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गर्दा पोखरेलले दुवै मुद्दामा मुख्य कानुनव्यवसायी भएर बहस गरेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा खम्मबहादुर खाती महान्यायाधिवक्ता थिए। खातीले सोमबार पदबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।