काठमाडौं– नवनियुक्त उपप्रधान तथा भौतिक तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले आफू दोस्रोपटक उपप्रधानमन्त्री दर्ता गर्न नआएको बताएका छन्। आफू काम गर्न आएको र आफ्नो जिम्मेवारी थपिएको श्रेष्ठले उल्लेख गरे।
सोमबार भौतिक तथा पूर्वाधार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले कर्मचारी तथा विज्ञहरुको सुझावका आधारमा अघि बढ्ने बताए। भ्रष्टाचार गर्नेहरुले बाहिरबाट मन्त्रालय कब्जा गर्यौं भन्नेहरुका दिनहरु अब गएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।
‘एउटा कुरा भन्छु म तपाईंहरुलाई, यो पद भनेको जिम्मेवारी मात्रै हो। मेरो जिम्मेवारी थपिएको छ। तर म हिजो जस्तो थिए, तपाईहरुसँग त्यस्तै रहन्छु,’ उनले भने, ‘उपप्रधानमन्त्री त म पहिला भएकै हो नि। उपप्रधानमन्त्री हुन आएको होइन म। यहाँ म दोस्रोपटक उपप्रधानमन्त्री दर्ता गर्न आएको होइन। काम गर्न आएको हो। काम गर्ने जिम्मेवारी बाहेक अरु मलाई तपाईंहरु हिजो जस्तै साधारण साथी सम्झनुहोस्। त्यस्तै ठान्नुहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।