काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट विवादमा स्वतन्त्रतापूर्वक छानविन गर्न सहयोग गर्ने बताएका छन्। राष्ट्रपति कार्यालयबाट सपथ लिएर सिंहदरबारमा कार्यभार सम्हाल्न पुगेका रविले सबैलाई बराबर हेरेर न्याय निर्णय हुने बताए।
‘म होस् वा अरु स्वतन्त्र ढङ्गले छानविन गर्ने कुरामा सहयोग बाहेक अन्य कुरा हुँदैन,’ उनले भने, ‘म वा अरु कसैको पनि स्वतन्त्रतापूर्वक छानविनमा सहयोग गर्नेछु।’
सरकार गठनमा दलले प्रधानमन्त्रीको रुपमा जसलाई ल्याउँछ सोही उम्मेदवार संविधानले दिएको अधिकार अन्तर्गत स्वीकार गर्नुपर्ने भन्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पनि काम गर्न सकिने लागेकाले आफू सहभागी भएको दावी गरे।
उनले हतार गरेर सरकारमा गएको भनी भइरहेको टिप्पणीमा जवाफ दिँदै मन्त्रिपरिषदमा पनि प्रतिपक्ष आवश्यक हुने भएकाले त्यहाँभित्र पनि त्यही भूमिका गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।