काठमाडौं– नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कन्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन अधिकतम पहल गर्ने बताएका छन्।
सोमबार उपप्रधान तथा गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि लामिछानेले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरे।
पद्भार ग्रहणका क्रममा प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले गृह मन्त्रालयका अधिकारीहरुलाई ‘निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने’ निर्णय ल्याउन भनेका हुन्।
कञ्चनपुरकी बालिका पन्तको २०७५ साउनमा बलात्कारपछि हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।