• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ४, २०८३ Fri, Nov 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नारायणकाजी श्रेष्ठ तेस्रोपटक उपप्रधानमन्त्री

64x64
नेपाल लाइभ मंगलबार, पुस १२, २०७९  ०६:२७
1140x725

काठमाडौ– मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य रहेका नारायणकाजी श्रेष्ठले २०७४ सालमा पराजित भएको गोरखा–२ बाट उम्मेदवार बन्न चाहेका थिए। राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रत्यक्ष निर्वाचित हुने उनको चाहनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै ब्रेक लगाइदिए।

उक्त क्षेत्रबाट प्रचण्ड आफैं चुनाव लडे। गएको निर्वाचनका प्रतिस्पर्धी डा बाबुराम भट्टराई र श्रेष्ठले सघाएर जिताएका प्रचण्ड प्रधानमन्त्री भएका छन्। श्रेष्ठले उपप्रधानका साथै भौतिक पूर्वाधार मन्त्रालय पाएका छन्। 

तेस्रोपटक सत्तारोहण गरेका श्रेष्ठले गृह मन्त्रालयको चाहना राखेपनि अन्तिममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाए। 

श्रेष्ठ पहिलोपटक २०६८ साउन १६ झलनाथ खनालको नेतृत्वमा गृहमन्त्री भएका थिए भने २०६८ भदौ १८ गते परराष्ट्र मन्त्री भएका थिए। उनी दुवैपटक उपप्रधानमन्त्रीको रुपमा सरकारमा गएका थिए। २०७४ सालको निर्वाचनमा गोरखाबाट डा. बाबुराम भट्टराईसँग उनी पराजित भएका थिए। उनलाई  पछि राष्ट्रिय सभामा निर्वाचित गरिएको थियो। 

गोरखाको जौबारीमा २०१६ सालमा जन्मेका श्रेष्ठले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्। सन् १९८० को दशकमा उनी काठमाडौंको सिद्धार्थ बनस्थलीमा केही समय गणितका शिक्षकसमेत बनेका थिए। २०६२/०६३ को जनआन्दोलनका बेलासम्म भूमिगत हेका श्रेष्ठ तत्कालीन माओवादीका  नेतासँगै सार्वजनिक भएका थिए। श्रेष्ठ हालसम्म अविवाहित छन्।

उनी २०४३ सालमा निर्मल लामाले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशन (चौम) को केन्द्रीय सदस्य बन्दै कम्युनिस्ट राजनीतिमा सक्रिय भएका हुन्। २०४८ सालमा प्रचण्डहरुसँगको एकतापछि बनेको नेकपा (एकताकेन्द्र) मा श्रेष्ठ पोलिटब्यूरो सदस्य बनेका  थिए।

विसं २०५१ सालमा एकताकेन्द्र विभाजन भयो। प्रचण्ड–बाबुरामले नेकपा (माओवादी) गठन गरे भने श्रेष्ठचाहिँ प्रचण्ड समूहमा नलागी एकता केन्द्रमै केन्द्रित रहेका थिए। एकताकेन्द्रको नेतृत्वमा करिब ८ वर्षसम्म श्रेष्ठ रहे। भूमिगतकालमा उनी प्रकाशको उपनामले चिनिएका थिए। 

श्रेष्ठले नेतृत्व गरेको एकताकेन्द्र र मोहनविक्रम सिंह, चित्रबहादुर केसीले नेतृत्व गरेको नेकपा (मसाल) बीच पार्टी एकता भएर नेकपा (एकताकेन्द्र–मसाल) जन्मियो। त्यसको महामन्त्री मोहनविक्रम सिंह थिए भने श्रेष्ठ सहमहामन्त्री बने। त्यो एकता पनि लामो समय चलेन र दुवै पार्टी पुरानै अवस्थामा फर्किए।  

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ सालमा माओवादी र एकताकेन्द्रबीच पार्टी एकता गर्दै उनी माओवादीमै सक्रिय भए। एमाले र माओवादी एकता हुँदा उनी सचिवालय सदस्य एवं प्रवक्ता भएका थिए।  

तर, सर्वोच्च अदालतको फैसलापछि एमाले–माओवादीको एकता भंग भयो। श्रेष्ठ माओवादीमा सक्रिय भए। त्यसपछि श्रेष्ठ नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष बने। पछिल्लोपटक नेकपा एमालेसँग सत्ता सहकार्य गर्दा उनको प्रमुख भूमिका नै थियो। 

दुई पटक पराजित,  त्यसपछि राष्ट्रिय सभा प्रवेश 
माओवादीसँग पार्टी  एकतापछि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उनी मकवानपुर –४ बाट उम्मेदवार भएका थिए। उनी नेपाली कांग्रेसका उम्मेदबार सुवासचन्द्र शाह ठकुरीसँग पराजित भए। त्यसअघि २०६४ सालको पहिलो संविधान सभामा उनी निर्वाचनमा भाग लिएनन्।

उनी मन्त्रीपरिषद्‌बाट मनोनित हुने २६ जनाको कोटाबाट संविधान सभा सदस्य भए। पहिलो संविधान सभा संविधान जारी गर्न असफल हुँदै विघटन भयो। दोस्रोपटक श्रेष्ठ मकवानपुर छोडेर गोरखा पुगे। गोरखामा उनी नेकपा एमाले र माओवादीको वाम गठवन्धनका उम्मेदवार भए। उनको प्रतिस्पर्धीको रुपमा कुनै समय माओवादीमै सहयात्री रहेका डा भट्टराईसँग भयो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भट्टराईलाई नेपाली कांग्रेसले सहयोग गरेको थियो। श्रेष्ठ पराजित भए अनि भट्टराई निर्वाचित भए। पराजित भएपनि उनी माओवादीको राजनीतिमा सक्रिय भए। नेकपा एमाले र माओवादीले पार्टी एकता गर्दै नेपाल कम्युनिस्ट पार्टी बन्यो। उनले सचिवालय सदस्य र प्रवक्ताको जिम्मेवारी पाए।  पराजित भएको दुई वर्षपछि २०७६ माघ ९ गते उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए। उनी गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए।  राष्ट्रिय सभा सदस्य भएको ३ वर्षपछि उनी उपप्रधानमन्त्री हुँदै भौतिक पूर्वाधार मन्त्री भएका हुन्। 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ०६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अपहरण गरी बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार, संलग्न व्यक्तिहरु पक्राउ
प्रधानमन्त्री बालेनको भारत भ्रमण : राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरूको सुझाव
रत्नायकेको अर्धशतकमा चितवनमाथि सुदूरपश्चिम ३ विकेटले विजयी, फेरि लुम्बिनीसँगै उपाधि भिडन्त
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनको भारत भ्रमण : राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरूको सुझाव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, र बाबुराम भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सी... बिहीबार, मंसिर ३, २०८३
एमाले वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने बिहीबार आयोजित राष्ट्रिय भेलापछिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले मङ्सिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते हुने पालिका... बिहीबार, मंसिर ३, २०८३
आफू रास्वपा प्रवेश गरेको भन्दै गरिएको भ्रामक प्रचारप्रति झलनाथ खनालको आपत्ति नेपाल कम्युनिस्ट पार्टी (एमाले) नामको फेसबुक पेजमा ३ लाख १४ हजारभन्दा बढी फलोअर्स रहेको पेजबाट श्यामकुमार राय नामका व्यक्तिले खनाल न... बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
अपहरण गरी बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार, संलग्न व्यक्तिहरु पक्राउ बिहीबार, मंसिर ३, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमण : राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरूको सुझाव बिहीबार, मंसिर ३, २०८३
रत्नायकेको अर्धशतकमा चितवनमाथि सुदूरपश्चिम ३ विकेटले विजयी, फेरि लुम्बिनीसँगै उपाधि भिडन्त बिहीबार, मंसिर ३, २०८३
लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती बिहीबार, मंसिर ३, २०८३
एमाले वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्