• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डको तेस्रो सत्तारोहण

64x64
नेपाल लाइभ सोमबार, पुस ११, २०७९  १६:४२
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रुपमा तेस्रो पटक सपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएर उनले आफ्नो तेस्रो कार्यकाल प्रारम्भ गरेका हुन्। उनले देश र जनताको नाममा सपथ लिएका हुन्।

प्रचण्डपछि थप सात मन्त्रीले पनि सपथ लिएका छन्। विष्णु पौडेलले उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात, रवि लामिछाने उपप्रधान तथा गृह मन्त्रीका रुपमा सपथ लिएका छन्। ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानको मन्त्रालय पछि तोकिने छ। उनीहरुलाई पनि राष्ट्रपति भण्डारीले सपथ खुवाएकी हुन्।

प्रचण्डको तेस्रो कार्यकाल
प्रचण्ड २०६५ साउनमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। २०६४ चैतमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनबाट तत्कालीन नेकपा माओवादी सबैभन्दा ठूलो दल भएपछि प्रचण्डले एमालेको मुख्य साथ लिएर सरकार निर्माण गरेका थिए।

प्रचण्ड नेतृत्वको पहिलो सरकार लामो समय टिकेन। तत्कालीन प्रधान सेनापति रुकमांगद कटुवाललाई हटाउने निर्णय विवादमा परेपछि उनले राजीनामा दिएका थिए। मन्त्रिपरिषद्‌ले कटवाललाई हटाउने निर्णय गरे पनि तत्कालीन राष्ट्रपति रामवरण यादवले मध्यरातमा थमौती गरिदिएपछि प्रचण्डले द्वैधसत्ताको स्थिति उत्पन्न भएको भन्दै राजीनामा दिएका थिए।

२०७० मंसिरमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा माओवादी तेस्रो ठूलो शक्ति भयो। २०७२ मा संविधान जारी भएपछि एमाले र एमाओवादी मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार पनि बनाए। तर, २०७३ साउनमा प्रचण्डले ओलीलाई प्रस्थापन गरेका थिए।

दोस्रो कार्यकालमा प्रचण्डले कांग्रेसको साथ लिएका थिए। २०७३ साउनदेखि २०७४ जेठसम्म उनको कार्यकाल रह्यो। सरकार गठनकै बेलामा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका थिए। सोही अनुसार २०७४ जेठमा उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

तेस्रो कार्यकालका लागि पनि प्रचण्डले एमालेको प्रमुख साथ लिएका छन्। एमाले र माओवादी केन्द्रका अतिरिक्त अन्य पाँच दल र तीन स्वतन्त्र सांसदले पनि प्रचण्डलाई समर्थन गरेका छन्। एमाले र माओवादीबीच मुख्यगरी आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको ती दलका नेताहरुले बताएका छन्। सहमति अनुसार, राष्ट्रपति र सभामुख एमालेले पाउनेछ। सभामुख भने प्रधानमन्त्री जस्तै बीचमा फेरिनेछ।

प्रतिद्वन्द्वी दल एमालेको प्रमुख साथ र अन्य साना दलको साथ लिएको हुनाले प्रचण्डको सत्तायात्रा कतिञ्जेल जान्छ भन्ने निश्चित भने छैन। किनकि विग्रह, आरोपप्रत्यारोप र अस्थिरता नेपाली राजनीतिको स्थायी चरित्र रहँदै आएको छ।

nimb
nimb

प्रचण्डको राजनीतिक यात्रा
२०२८ मा नेकपाका विभिन्न समूहमध्ये पुष्पलाल समूहको सदस्यता लिएर प्रचण्डले राजनीतिक जीवन आरम्भ गरेका थिए। प्रचण्डले रामबहादुर थापा बादल लगायतसँग मिलेर २०३१ मा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए। २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए।

प्रचण्ड २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा-सचिव भए। २०४० मा सोही संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए।

उनी २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। २०४२ मा पोलिटब्युरो सदस्य भए। बहुचर्चित सेक्टर काण्डपछि उनी २०४६ मा सोही पार्टीको प्रमुख पद महामन्त्री बने।

२०४८ मा कम्युनिस्ट पार्टीहरुको एकता प्रारम्भ गर्नका लागि गठित एकताकेन्द्रको महामन्त्री भए। २०५१ सालमा तत्कालीन एकताकेन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा माओवादी राखियो। प्रचण्ड नेतृत्वको सोही पार्टीको नेतृत्वमा २०५१ फागुन १ देखि जनयुद्ध सुरु गर्योे।

२०५७ सालमा नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी पार्टी अध्यक्ष भए। २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भए।

जनआन्दोलन २०६२/६३ पछि माओवादी जनयुद्धको विश्राम सुरु भयो। त्यसैअनुसार, २०३८ देखिको भूमिगत राजनीति त्याग्दै २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक भए।

प्रचण्ड २०६९ मा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए। २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए। २०७८ मा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट उनी पुनः अध्यक्ष निर्वाचित भए। 

प्रचण्ड २०६४ मा काठमाडौं-१० र रोल्पा-२, २०७० मा सिरहा- ५, २०७४ मा चितवन-३ र २०७९ मा गोरखा- २ बाट संविधान सभा सदस्य/सांसदमा निर्वाचित भएका थिए। २०७० मा काठमाडौं- १० बाट पराजित भएका थिए।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १६:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेदो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
रसुवा बाढी : यती एअरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने
बाढीपीडितका लागि पद्मज्योति ग्रुपले दियो सरकारलाई एक करोड
सम्बन्धित सामग्री
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका... शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
लेदो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा शुक्रबार, भदौ १२, २०८३
रसुवा बाढी : यती एअरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने शुक्रबार, भदौ १२, २०८३
बाढीपीडितका लागि पद्मज्योति ग्रुपले दियो सरकारलाई एक करोड शुक्रबार, भदौ १२, २०८३
महाविपत्तिमा सक्षम सरकारको खोजी शुक्रबार, भदौ १२, २०८३
रसुवाबाट तिब्बत गएकाहरुलाई हिल्सा नाकाबाट फर्किँदा शुल्क नलाग्ने शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्