काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन्। तीनै जनाले शक्तिशाली मन्त्रालयसहित सोमबार नै सपथ खाने तयारी गरेका छन्।
माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन्। गृह समेत रोजेका उनलाई भौतिक दिइएको हो।
गृह मन्त्रालय भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भागमा परेको छ। उनले पनि उपप्रधानसहित गृह पाएका हुन्। उक्त मन्त्रालय उनकी आफैंले रोजेका हुन्।
सात दलीय गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले भने अर्थ मन्त्रालय लिएको छ। उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थ मन्त्रालय सम्हाल्दैछन्।
प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको जनमत पार्टीले अब्दुल खानलाई मन्त्री बनाएर पठाउनेछ भने अन्य तीन दलले समर्थन मात्रै गरेका छन्।
जनता समाजवादी पार्टीमा छलफल हुन बाँकी छ। नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारलाई समर्थन मात्रै दिने निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।