काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सपथ लिन शीतलनिवास पुगेका छन्। प्रचण्ड दौरासुरुवाल लगाएर प्रधानमन्त्रीको शपथ लिन शीतलनिवास पुगेका हुन्।
तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले सरकार प्रमुखको रुपमा शपथ लिँदा पहिलोपटक दौरासुरवाल लगाएका हुन्। यसअघि उनले सुट–पाइन्टसहितको ‘औपचारिक’ पोसाकमा शपथ लिएका थिए।
प्रचण्डले सार्वजनिक जीवनमा सम्भवत पहिलो पटक दौरा सुरुवाल लाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।