काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रमुख सत्ता साझेदार नेकपा एमालेबाट तत्काल ४ जनाले मन्त्रीको शपथ लिने भएका छन्।
एमालेबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने भएका छन्। पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने जनाइएको छ। यस्तै, दामोदर भण्डारी, राजेन्द्र राई र ज्वाला साहले पनि सोमबार नै मन्त्रीको शपथ लिने जनाइएको छ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथ लिँदैछन्।
कांग्रेससँगको गठबन्धन तोड्दै प्रचण्ड आइतबार एमाले सहितका ७ राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।