काठमाडौं– प्रचण्ड नेतृत्वको नयाँ सरकारमा जनमत पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खान सहभागी हुने भएका छन्। खानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने छन्।
बानेश्वरमा जारी सत्ता गठबन्धनको बैठकपछि बाहरिनेक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले उक्त जानकारी दिएका हुन्।
प्रतिनिधि सभामा जनमत पार्टीको ६ सांसद संख्या रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।