काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय दाबी गरेको बताएका छन्। गठबन्धनको बैठकमा आफूले उक्त दाबी गरेको उनको भनाइ छ।
आफू सरकारमा सहभागी हुने पक्का भएको जानकारी दिँदै मन्त्रालय टुंग्याउने जिम्मा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको बताए। उनले भने, ‘मेरो दाबी उपप्रधानसहित गृह मन्त्रालयमा हो।’
एमाले–माओवादीसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथलगत्तै केही मन्त्रीको पनि शपथको तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।