काठमाडौं– सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष सीके राउत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री पदको सपथ लिँदैछन्।
राउतले सोमबार नै प्रधानमन्त्री प्रचण्डको सपथलगतै मन्त्रीको सपथ लिने जनाइएको छ। जनमत पार्टीका उपाध्यक्ष तथा सासंद अब्दुल खानका अनुसार राउतले सोमबार नै मन्त्रीको सपथ लिने तय भए पनि मन्त्रालय भने गठबन्धन बैठकबाट तय हुनेछ।
राउतले कृषि वा उद्योग मन्त्रालयमध्ये १ मन्त्रालय पाउनुपर्ने दाबी गर्ने बताएका थिए। जनमत पार्टीका उपाध्यक्ष खानका अनुसार सोमवार बिहान सम्मको अवस्थामा राउत कृषि, उद्योग वा शहरी विकासमध्ये १ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा जाने सम्भावना छ।
राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।