काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा सहभागी नहुने बताएको छ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको भए पनि तत्काल सरकारमा जाने, नजाने भन्नेबारे कुनै छलफल नभएको नेपाल लाइभलाई जानकारी दिइन्।
आइतबार नागरिक उन्मुक्ति पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनेमा समर्थन जनाएको थियो।
नव नियुक्त प्रधानमन्त्री प्रचण्डले आज (सोमबार) ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथ लिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।