काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले गठबन्धनको भर नभएको टिप्पणी गरेका छन्। सोमबार ७ दलीय गठबन्धनको बैठकमा भाग लिन जानेक्रममा पत्रकारहरुसँग कुरा गर्दै राउतले उक्त टिप्पणी गरेका हुन्।
सत्ता राजनीतिमा नयाँ पात्र भएको उल्लेख गर्दै राउतले विभिन्न नयाँ अनुभव बटुलिरहेको बताए। उनले भने, ‘मधेस प्रदेशमा हाम्रो दाबी छ। हामीसँग त्यहाँ निर्णायक संख्या पनि छ। यहाँ गठबन्धन कतिबेला बदलिन्छ थाहा नै छैन। त्यही भएर त्यहाँ पनि यही हुन्छ भन्न सक्ने अवस्था छैन।’
उनले जनताहरुले आफूबाट ठूलो आशा र अपेक्षा गरेको बताए। नयाँ दलहरुसँग ठूलो आशा र अपेक्षा रहेको उल्लेख गर्दै उनले जनताको अपेक्षा पूरा गर्न लाग्ने बताए।
उनले भने, ‘खासगरी जनताले हामीप्रति ठूलो आशा गरेका हुन्छन्। तर जुन तरिकाबाट हामी फस्दै गएको आभास गरेका छौं। त्योप्रति मेरो वितृष्णा जागेको छ। मैले त्यसलाई खुला तरिकाले अभिव्यक्त गरेकै हो, आशा छ, अब हामी त्यसबाट कसरी बच्न सक्छौं।’ उनले जनताको आशाप्रति खरो रुपले उत्रिने प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।