• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दुर्गममा फक्रिएको शिक्षक सपना

64x64
समर्पण श्री शनिबार, पुस ९, २०७९  १७:२३
1140x725

पोखरा– जब पहिलो पटक गुञ्जन मिस (लुइँटेल) शिक्षण यात्रामा डोल्पा पुगिन्। उनलाई एउटा सानो विद्यार्थीले भने, ‘यो मिसको बच्चाको जस्तो अनुहार छ। हामीले के टेर्ने?’ पहिलो दिनदेखि उनलाई सबैभन्दा बढी सताउने उनै विद्यार्थी थिए।

यतिसम्म सताएछन् कि, एकदिन त उनको टाउकोमा पिसावै फेरिदिएछन्। 

तर, एकदिन सताउने विद्यार्थी एकाएक बदलिए। टेर्दै नटेर्ने गुञ्जन मिसलाई माया गर्न थाले। किनकि, त्यो दिन ग्वाला बन्ने ती विद्यार्थीको सपनालाई गुञ्जनले माया गरेकी थिइन्। ‘ग्वाला बन्ने कुरा घरमा भनेँ भने कुटाइ खान्छु। तर तपाईंले माया गर्नुभयो,’ ती बालकले भने। सपनालाई बुझिदिएपछि उनी गुञ्जनसँग नजिक हुन थाले। 

एकदिन उनले भने, ‘म पछि ग्वाला बनेको कुरा कसरी थाहा पाउनुहुन्छ मिस?’

‘तिमी ग्वाला बनेको कुरा लेख न। ग्वालाको कथा ।’ त्यसपछि ती बालक लेखक बन्ने सपना देख्न थाले। 

‘डोल्पाबाट फर्कँँदाको अन्तिम दिन मलाई उनीसङ्ग छुट्न सबैभन्दा गाह्रो परको थियो,’ गुञ्जनले भनिन्। 

गुञ्जन पोखराको लेकसाइडमा भइरहेको नेपाल लिट्रेचर फेस्टिभलको सेसन ‘दुर्गमका सर–मिस’मा आफ्ना कुरा सुनाइरहेकी थिइन्। सेसनमा गुञ्जनसँगै मिङ्मा तेन्जिङ केसी र मोइन उद्दिन थिए। जसले गुञ्जनजस्तै सुगम ठाउँको मोह छाडेर दुर्गम गाउँमा गएर विद्यार्थीहरूमा सपनाको बिउ छरिदिएका थिए। उनीहरूका अनुभूति र सिकाउने प्रक्रियाबारे जिज्ञासा राख्दै थिए शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल।

Ncell 2
Ncell 2
nimb
nimb

मिङ्मा सिन्धुपाल्चोकमा शिक्षक भएर जाँदाको पहिलो दिन भुइँचालोले लडेका घरहरूका दृश्य आँखामा उनका थिए। चर्को घामले पोल्ने जस्तामुनि उनले पहिलो कक्षा सुरु गरे। त्यहाँबाट फर्कँदाको अन्तिम दिन कोभिड सुरु भएको थियो।

मोइन पनि पहिलो पटक पढाउन सिन्धुपाल्चोक गए। जाँदाको पहिलो दिन घाम डुब्न लागेको थियो। त्यहाँ तामाङ जातिको बाहुल्यता थियो। मनमा डर पनि थियो, के हुने हो भनेर। तर पछिल्ला दिनहरूमा उनले निकै रमाइला अुनभूति गर्न पाए। 

त्यहाँबाट फर्कँदाको अन्तिम दिन मोइन निराश थिए। कारण, ४० जना विद्यार्थीलाई छात्रवृत्ति दिलाउने उनको रहर अन्तिम क्षणमा टुक्रियो। कोभिडका कारण विद्यार्थीहरूलाई छात्रवृत्ति दिलाउन नसक्दा मन अमिलो भयो। 

विद्यार्थीको आँखामा भरिदिएका सपना
पाँच वर्ष भयो, मोइन शिक्षण यात्रामा लागेको। सिन्धुपाल्चोक जाँदा उनी शिक्षक बन्छु भनेर गएका हैनन्। तर गएपछि नछुट्ने माया बस्यो। ‘विद्यार्थीलाई धेरै सिकाउन र सपना देखाउन सकिन्छ भन्ने लाग्यो। त्यो सपनालाई कसरी पूरा गर्न सकिन्छ भनेर लागेँ,’ उनी भन्छन्।

मोइनले ‘करिअर एक्सपोजर’ विधिमार्फत् सिन्धुपाल्चोकका विद्यार्थीलाई काठमाडौं लगे। उनले अस्पताल, मिडिया हाउस, रंगमञ्च, सिनेमा हल, विभिन्न उद्योग तथा कलाकारहरूसँग विद्यार्थीहरूको भेट गराए। ‘यसरी वास्तविक ठाउँमा लगेर देखाउँदा उनीहरू सपना देख्न थाल्ने रहछन्,’ उनी सम्झन्छन्। 

दुई वर्षभरि आफूले गरेके कामको उनले नियमित भ्लग बनाए। त्यही भ्लगमार्फत् मोइनले गरेको कामले चर्चा पायो।

सिन्धुपाल्चाेक हुँदै उनले माथिल्लो डोल्पामा पनि विद्यार्थीहरूसँग काम गरे। अहिले धादिङमा रुपान्तरणमूखी शिक्षणका कर्म गरिरहेका छन्। 

मोइनले आफ्ना अनुभव सुनाइरहँदा सहजकर्ता राजेन्द्र दाहालले सोधे, ‘तपाईंलाई शिक्षण पेसा कस्तो लाग्यो त?’

‘मलाई माया लाग्यो। म सबै कुरा मिल्यो भने जीवन यसैमा लगाउन चाहन्छु,’ मोइनले भने। 

मोइनलाई मन छ, नेपालभरिका विद्यार्थीलाई अन्तर्राष्ट्रिय भ्रमण गराउने। तराईका विद्यार्थीलाई हिमाल र हिमालका विद्यार्थीलाई तराईमा लगेर पढाउने। ‘पढ्नु भनेको जीवन, जगत बुझ्नु हो। संस्कृति बुझ्नु हो। यसरी भेदभाव पनि कम हुन्छ,’ मोइन भन्छन्। 

मिङ्माको लागि दुर्गममा गएर पढाउँदा मीठा अनुभव छन्। उनले राम्रो मानिएको बोर्डिङ स्कुलमा पढ्ने अवसर पाए। तर, सिन्धुपाल्चोकमा विद्यार्थीहरू कोही चप्पल नलगाइ आउने, कोही भाइ बहिनी बोकेर आउने, कोही गाई चराएर स्कुल नआउने। उनका लागि यी चुनौतीलाई समाधानमा बदल्नु नै रमाइलो सिकाइ थियो। ‘मलाई बच्चाहरूसँग काम गर्न एकदम रमाइलो लाग्यो। मैले गरिनँ भने कसले गर्छ त? मैले सक्छु, त्यसैले मैले गरिरहेछु जस्तो लाग्यो,’ उनले भने। 

गुञ्जनलाई लाग्छ, ‘मेरा स्कुलका शिक्षक साँच्चै शिक्षक थिए त?’ त्यसकारण उनी आफू ‘साँच्चै’को शिक्षक बन्ने प्रयत्न गरिरहन चाहन्छिन्। उनलाई शिक्षक सेवा आयोगको प्रतिष्पर्धामा भिडेर नाम निकाल्नु छैन। त्यसरी बाँधिएर बस्न मन पनि छैन।

सरकारी शिक्षकको मनोदशा
मोइनले आफू शिक्षण पेसामा लाग्दा सरकारी शिक्षकमा मेहेनत कम हुन्छ भन्ने अनुभूति गरे। त्यसकारण उनलाई लाग्यो, ‘हामीले त केही गर्नुपर्छ।’

स्कुल पढ्दा आफूले अभाव महसुस गरेको कुरा आफू शिक्षक बनेर पूरा गर्न चाहन्छन् मोइन। तर, सरकारी शिक्षकमा परिवर्तन गर्नुपर्छ भन्ने भान उनले पाएका छैनन्। ‘मन दुख्छ, केही भन्न पनि नसकिने। घमण्ड छ शिक्षकमा। हामी लोकसेवा पास गरेर आएको, हामीभन्दा जान्ने कोही छैन भन्नुहुन्छ। तर विद्यार्थीलाई कसरी माया गरेर सिकाउने त्यो छैन,’ उनी भन्छन्। 

माथिल्लो डोल्पामा हुँदा सरकारी शिक्षक सदरमुकाममा आएर हाजिर गरेर विद्यार्थीसम्मै नपुगी फर्किको अनुभव छ मोइनमा। गुञ्जनले पनि त्यही देखिन्। सरकारी शिक्षकमा पढाउनुपर्छ भन्ने रुचि नै उनले देखिनन्। 

मिङ्मा भने यस्तो हुनुमा सरकारी शिक्षकको विवशता पनि ठान्छन्। ‘आयोग पास गरेर जागिर पाए पनि सुविधा छैन। अस्थाइ शिक्षकको ३ महिनादेखि तलब आएको हुँदैन।  अफठ्यारो हुन्छ, घरका समस्या र बाध्यता हुन्छन्,’ मिङ्मा भन्छन्। 

पढाइको स्तर कस्तो?
सरकारी स्कुलमा न्याय भएको पाउँदैनन् मोइन। यसकारण शिक्षकले राम्रो तालिम पाउनुपर्ने बताउँछन्। शिक्षकण स्तर सुध्रन बालबालिकाहरूका अभिभावक पनि स्कुल गइरहनुपर्ने बताउँछन मिङ्मा। 

सहजकर्ता राजेन्द्र दाहाल नयाँ पुस्तामा शिक्षण गर्नुपर्छ भन्ने सपना नभएको पाउँछन्। ‘उनीहरूलाई यो कर्मतिर कसरी आकर्षित गर्ने?’ उनी सोध्छन्।

‘शिक्षकले समाज बुझेको हुनुपर्छ। समाजमा धेरै कुरा छन् भनेर बुझ्नुपर्छ। म अंग्रेजी शिक्षक भएँ भने अंग्रेजी मात्र जानेर भएन। कक्षा ६ देखि १०सम्मको विद्यार्थीलाई बच्चालाई टिचर तालिम गराउने इच्छा छ। बाबु नानीलाई शिक्षक बन्न पो मन लाग्ला कि,’ मोइन भन्छन्। 

विद्यालयलाई माथि उठाउन गुन्जन बलियो नीति र त्यसको कार्यान्वयन हुनुपर्ने बताउँछिन्। 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्