• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बेलायतले किन दिँदैन आफ्नै ‘वार भेट्रान’ लाई न्याय?

64x64
धनु विश्वकर्मा शनिबार, पुस ९, २०७९  ०६:३२
1140x725
वार भेट्रान बुद्धिराज राई

काठमाडौं- दक्षिणी एट्लान्टिक सागरमा पर्ने फकल्याण्ड टापु, जसका लागि बेलायत र अर्जेन्टिनाबीच सन् १९८२ मा युद्ध भयो।

७४ दिन लामो युद्धमा ६ सय ४९ अर्जेन्टिनी तथा २ सय ५५ बेलायती सैनिकले ज्यान गुमाए। र, अन्तत:  अर्जेन्टिनाले फकल्याण्डमाथिको आधिपत्य गुमायो। 

बेलायतबाट करिब १३ हजार किलोमिटर टाढा पर्ने र १५ घण्टा लामो हवाई यात्रा भएको ‘फकल्याण्ड' युद्धले अर्जेन्टिनीहरूका लागि अहिले पनि ‘मुटुमा सियो पसे’ झैं घोच्ने गर्छ। 

यही युद्धका कारण नेपाल र अर्जेन्टिनाबीच राम्रोसँग घुलमिल हुन नपाउँदै सम्बन्ध खराब भयो। नेपाल र अर्जेन्टिनाबीच सन् १९६२ मा दौत्य सम्बन्ध स्थापित भएको थियो। तर  त्यसको २० वर्षपछि यही फकल्याण्ड टापुका कारण दुई देशबीचको सम्बन्ध बिग्रियो। 

वास्तवमा फकल्याण्ड युद्धमा ब्रिटिस–गोर्खा परिचालन नभएको भए बेलायतले अर्जेन्टिनाको नजिकै रहेको यो सानो टापुमा आफ्नो आधिपत्य जमाउन मुस्किल थियो। 

२ अप्रिल, १९८२ मा अर्जेन्टिनी सेनाले फकल्याण्ड टापुमा हमला गर्दा उनीहरूले कल्पना पनि गरेका थिएनन्, पूरै अफ्रिकी महादेश छिचोलेर बेलायतले एउटा भुरे टापुका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउनेछ। 

तर, बेलायतले युद्धकलामा निपूर्ण ब्रिटिस–गोर्खालाई मैदानमा उतार्यो। कुल ६ सय ५१ ब्रिटिस–गोर्खालाई युद्धभूमिमा उतारेको बेलायतले प्रतिकुल अवस्थामा कसरी युद्ध जित्यो? त्यो इतिहासको पानामा सुनौलो अक्षरले दर्ता भइसकेको छ। यसबारेमा धेरै कुरा गरिरहनु नपर्ला।

तर, बेलायतका लागि कठोर युद्ध लडेर फर्किएका बुद्धिराज राई अहिले पनि बेलायती सेनामा भइरहेको असमान व्यवहारबाट दुःखी छन्। उनी मात्र होइन, उनका हजुरबुबा र बुबाले पनि बेलायतका लागि कठोर युद्ध लडेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

बेलायती राजमुकुटको गरिमाका लागि उनी लगायत ब्रिटिस गोर्खामा संलग्न लाखौं नेपालीले रगत-पसिना बगाए। कतिले ज्यानको आहुति दिए। तर त्यसको बदला बेलायत सरकारबाट अपमान मात्र खेप्नुपर्‍यो। 

ज्यानको बाजी लगाएर साउथहाम्पटनबाट फकल्याण्डतर्फ लाग्दा बुद्धिराजको उमेर २२ वर्ष मात्र थियो। केही दिनअघि ६२ वर्ष टेके। बीचका ४ दशकयता उनी लगायत गोर्खालीहरू बेलायत सरकारसँग सेनामा हुने गरेको असमान तलब-भत्ता तथा अन्य सुविधाका लागि लडिरहेका छन्। 

बेलायत सरकार पनि ‘साप पनि मरोस्, लाठी पनि नटुटोस्’ भन्ने नीति अनुरुप ब्रिटिस–गोर्खाले उठाएको समान अधिकारको मुद्दालाई ओझल पार्न यिनका बालबच्चालाई उतैको नागरिकता दिने र उनीहरूको नेपाली भएर बाँच्ने अधिकार कुण्ठित गर्ने अभियानमा सक्रिय छ। 

हाल शान्तिनगरस्थित आलोक नगरमा बस्दै आइरहेका बुद्धिराज भन्छन्, ‘गोर्खा रेजिमेन्टका कारण बेलायतले युद्ध जितेको हो। अफगानिस्तान होस् कि जहाँसुकै, जहाँ–जहाँ अप्ठयारो पर्छ, बेलायतले त्यहाँ गोर्खाली सेना प्रयोग गरिहाल्छ। आफ्नो देशको सुरक्षा र मानका लागि गोर्खालीलाई प्रयोग गर्ने बेलायतले सेवा-सुविधामा विभेद गर्दै, मानवअधिकारको घोर उल्लंघन गरेको छ।’ 

Xtrem

Xtrem

बुद्धिराजका हजुरबुबा नवावसिंह राईले बेलायती–गोर्खामा भर्ति भएर पहिलो विश्वयुद्ध लडेका थिए। उनको बुबा अगमबहादुर राईले पनि दोस्रो विश्वयुद्ध लडे। उनी फकल्याण्ड युद्धमा समावेश भए। 

‘म जस्तै तीन पुस्ता नै बेलायती राजमुकुटका लागि लड्ने धेरै छन्। तर हामीले के पायौं? उल्टै हली जस्तो व्यवहार गर्छन् उनीहरू’, बुद्धिराजको गुनासो छ। 

ब्रिटिस–गोर्खामा भर्ति हुँदा उनको मासिक तलब ५० पाउण्ड मात्र थियो। त्यतिबेला उनी सरहका बेलायती सेनाले ४०० पाउण्ड तलब थाप्थे। फकल्याण्ड युद्धको जितपछि गोर्खाली सेनाको मासिक तलबमा ५ पाउण्ड वृद्धि हुने भनियो। तर लागू भएन। 

युद्ध मैदानमा अग्रमोर्चामा लड्ने सेना भनेकै नेपाली हुन्। तर खाने बेला नेपालीको गाँस काट्ने काम भएको उनको आरोप छ। नेपाल सरकारले पनि आफ्नो नागरिकको विषयमा दह्रोसँग कुरा नराखेको उनको भनाइ छ। ‘जबसम्म हाम्रो माग पूरा हुँदैन, आन्दोलन जारी रहन्छ। भूपूगोर्खा सैनिकको सेवा-सुविधा, सम्मान र सुरक्षा बेलायती सेना सरह नै हुनुपर्छ,’ उनी भन्छन्। 

लाहुरे परिवार 
बुद्धिराजको जन्म २०१६ सालमा खोटाङको कात्तिकेमा भएको हो। अहिले यो ठाउँ खोटेहाङ गाउँपालिका–७ मा पर्छ। पहिले यो सदरमुकाम खोटाङ बजारमै पर्दथ्यो। पछि सदरमुकाम दिक्तेल सारियो। त्यो बेला उनको परिवार सम्पन्न मानिन्थ्यो। बजारमा बस्ने भएर होला, उनले सहजै शिक्षा आर्जन गरेका थिए। 

उनको हजुरबुबा नवावसिंह र बुबा अगमबहादुर ब्रिटिस-भारतकालमै सेनामा भर्ति भएका थिए। हजुरबुबाले सन् १९१४ को पहिलो विश्वयुद्ध ब्रिटिस-गोर्खामा बसेर लडे। उनका बुबाले सन् १९३९ देखि १९४५ सम्म जारी दोस्रो विश्वयुद्धमा ब्रिटिस-गोर्खाकै रेजिमेन्टमा बसेर भाग लिएका थिए। 

घरको दुई पुस्ता सेनामा भएर होला, उनलाई सानैदेखि लाहुरे शब्दले मोहित तुल्याएको थियो। २०३६ सालमा उनले खोटाङ हाइस्कुलको पहिलो ब्याचको रूपमा एसएलसी पास गरेका थिए। उनको अगाडि देशमै बसेर लेख-पढ गर्नेलगायत असीमित ढोका खुला थियो। तर लाहुरे शब्दले सानैदेखि मोहित बुद्धिराज आफ्नै पुर्खाको पदचिह्नमा दौडिए।  

धरानबाट भर्तिमा जाने केटाहरू छनोट गर्न गोराहरू खोटाङस्थित गाउँ पुगेको बेला उनी छानिएका थिए। काठमाडौंबाट सैन्य तालिमका लागि हङकङ उड्दा उनको उमेर २० वर्ष मात्र थियो। उनी ‘सेभेन्थ जिआर’ मा भर्ति भएका थिए। त्यतिबेला उनको पल्टन हङकङको ग्यालीपोलीमा थियो। 

९ महिना लामो कडा तालिमपछि उनी केही महिना हङकङमा कार्यरत रहे। यतिबेला चीनबाट भागेर आउने चिनियाँ शरणार्थीलाई प्रशासनको जिम्मा लगाउने काम हुन्थ्यो। 

हङकङमा करिब डेढ वर्ष बिताएपछि उनको पोस्टिङ बेलायतको क्रुर्कहाङ फिलिट भन्ने ठाउँमा भएको थियो। 

रुस विरूद्ध युद्धको तयारी
बेलायतमा कार्यरत रहँदा बुद्धिराजले कडा तालिम गर्नुपरेको थियो। यही बेला बेलायती र अमेरिकी सेनासँग बसेर ज्वाइन्ट तालिम लिएका थिए। यतिबेला उनलाई युद्धको तयारी गराइएको थियो।

‘रुसी सेनासँग कसरी लडाईं गर्ने भनेर तालिम दिइएको थियो,’ उनले भने, ‘रुसमा कस्तो तालिम हुन्छ? कस्ता हातहतियार प्रयोग हुन्छन्? कस्तो गन प्रयोग गर्नुपर्छ भनेर सिकाइन्थ्यो। युद्धको विभिन्न भिडियो पनि देखाइन्थ्यो।’ 

यतिबेला ब्रुनाईलाई गोर्खाली सेनाले विद्रोहीहरूको मुखबाट कसरी बचाए भनेर भिडियोमा देखाइएको उनलाई अझै याद छ। ‘बकाइदा, दुश्मनको डमी बनाएर तालिम दिइन्थ्यो,’ उनी भन्छन्। 

युद्धका लागि बेलिज 
बेलायतको उपनिवेश रहेको मध्यअमेरिकी देश बेलिज पनि हो। पहिलो युद्धका लागि बुद्धिराज बेलिज पुगेका थिए। उनी पहिलेदेखि बसिरहेको डेल्टा कम्पनीलाई ‘रिलिफ’ दिन बि कम्पनीमार्फत त्यहाँ पुगेका थिए। 

बेलिजको दक्षिणमा ग्वाटेमाला पर्छ। छिमेकी देश भएका कारण ग्वाटेमाला कुनै पनि बेला बेलिजलाई आफूमा मिसाउने दाउमा थियो। यसको सूचना पाएपछि बेलायतले आफूभन्दा निकै टाढा रहेको बेलिजमा गोर्खाली सेना पठाएको थियो। 

तर, ग्वाटेमालाको आन्तरिक विवादले गर्दा त्यो सफल भएन। त्यतिबेला बेलिजमा गोराहरूको पल्टन पनि थियो। तर सीमा क्षेत्रमा गोर्खालीहरू तैनाथ थिए। यतिबेला १५/१५ दिन जंगलभित्र हिँडेको अनुभव छ, बुद्धिराजसँग। 

‘युद्ध भएको भए जे पनि हुनसक्थ्यो,’ उनी भन्छन्। तर युद्ध भएन। सन् १९८१ मा बेलिज बेलायतको उपनिवेशबाट पनि स्वतन्त्र भयो। 

बेलायत फर्किएको ३ दिनमा फकल्याण्ड युद्धमा तैनाथ
बेलिजमा कार्यरत रहँदै फकल्याण्ड युद्धको सम्भावनालाई लिएर तयारी अवस्थामा रहन आफूहरूलाई सूचना आएको बुद्धिराजले बताए। 

यतिबेला उनले स्पेनिस भाषा अलिअलि सिकिसकेका थिए। करिब ६ महिना बेलिजमा बसेपछि पल्टनसहित पनि बेलायत फर्किएका थिए। 

बेलायत फर्किएको ३ दिनपछि नै उनलाई फकल्याण्ड युद्धका लागि तयार पारिएको थियो। यतिबेला फकल्याण्डको वस्तुस्थिति, भूगोलको विषयमा जानकारी गराइएको थियो। ठूलो पानी जहाजमार्फत ब्रिटिस–गोर्खाको टोली फकल्याण्ड टापुतर्फ लागेको थियो। 

‘फकल्याण्डका लागि क्विन एलिजावेथ-२ पानी जहाजमा बिदाइ हुँदा, विश्वभरिका पत्रकार उपस्थित थिए,’ उनले घटना सुनाए, ‘फकल्याण्ड इज आवर, किक द अर्जे इज आउट, गड वेल्स यु, गुड बाई टास्क फोर्स’ भन्ने पम्प्लेट टाँगिएको थियो। 

बाजागाजाका साथ गोर्खाली सेनालाई बिदाइ गर्दा सबैले ‘गुड लक’ भनेका थिए। साउथहाम्पटन बन्दरगाहबाट युद्धपोत छुट्दा गोराहरूलाई छोड्न उनीहरूको परिवारका सबै सदस्य पुगेका थिए। तर गोर्खाली सेनाका कोही परिवार थिएनन्। 

‘हामीले एकअर्काको अनुहार हेरेर चित्त बुझायौं। बिदाइ कार्यक्रम नै ३ घण्टा लामो थियो,’ उनले सम्झिए। 

फकल्याण्ड युद्धमा जाँदा एक जना गोर्खाली सैनिकले गोली गट्ठा, कपडा, हातहतियार र खानेकुरा गरी करिब ८५ देखि १०५ केजीसम्मको भारी बोक्नु पर्थ्यो। ३५ सय क्षमताको क्विन एलिजावेथ-२ पानी जहाजमा ६५१ ब्रिटिस गोर्खा र केही बेलायती सैनिक उपस्थित थिए। 

‘अर्जेन्टिनी सेनालाई डर देखाउन हल्ला गरिएको रहेछ, ६ हजार गोर्खाली सेना मैदानमा उत्रिँदैछन्। हाम्रोबारेमा भनिएको रहेछ, गोर्खाली सेनाहरू मान्छेको रगत खान्छन्,’ बुद्धिराज हाँस्दै भन्छन्, ‘यो सबै वार साइकोलोजीभित्र पर्छ। गोर्खालीहरूले सय मिटरको ब्यासमा खुकुरी चलाएपछि कोही बाँकी रहँदैन पनि भनेका रहेछन्। एक जना घाइते भयो भने ५/६ जना दुश्मन नमारी मर्दैनन् पनि भनिएको रहेछ।’

२२ दिन लामो यात्रापछि गोर्खाली सेना फकल्याण्ड पुगेको थियो। नभन्दै अर्जेन्टिनी सेना गोर्खालीहरू युद्ध मैदानमा उत्रिए भनेपछि अत्तालिएका थिए। उनीहरूसँग बेलायतभन्दा राम्रो हतियार थियो। फेरि यहाँको भूगोलसँग साक्षात्कार भएका कारण उनीहरू राम्रो पोजिसनमा थिए। तर पनि गोर्खालीहरूको मनोविज्ञानले उनीहरू पराजित भए। 

‘हामी कमसे कम फकल्याण्डको माटो छोएर मर्न पाउँ भन्दै पुगेका थियौं। किनभने, चारैतिर उनीहरूले घेरिएको क्षेत्र। बाँच्ने स्थिति कम थियो। तर पनि हामीले फकल्याण्ड जितेर बेलायतलाई उपहार दियौँ,’ उनी भन्छन्। 

युद्धका क्रममा अर्जेन्टिनाका ११ हजार ३ सय १३ सेना पक्राउ परेका थिए। उनीहरूलाई बुद्धिराजहरू सोध्ने गर्थे- हामी को हौं, चिन्छौ?’

त्यतिबेला उनीहरूले भनेको कुरा नेपाल लाइभलाई सुनाउँदै बुद्धिराजले भने, ‘राम्रोसँग चिन्छौं। तपाईंहरू गोर्खाली सेना हो। ६ हजारको हाराहारीमा आउनुभएको छ।’

पक्राउ परेका अर्जेन्टिनी सेनाले गोराहरू मात्र युद्ध लड्न आएको भए पराजित गरेर पठाइदिने बताएका थिए। तर गोर्खालीका कारण हार्नुपरेको दुःखेसो थियो, उनीहरूको। 

फकल्याण्ड युद्ध नेपालीहरूका कारण हार्नुपरेकोमा अर्जेन्टिनीको ठूलो चित्तदुखाइ थियो। अहिले पनि छ। तर हामी अर्जेन्टिनी सेनाको मुखबाट फकल्याण्ड छिनेर बेलायतलाई उपहारस्वरुप किस्तीमा राखिदिँदा पनि खुसी छैनौं। किनभने, बेलायतले अझै पनि आफ्नो देशको लागि लड्ने ‘वार भेट्रान’ लाई न्याय दिनसकेको छैन।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी मंगलबार, असोज २०, २०८३
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्