• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार गठनका लागि किन तोकिन् राष्ट्रपतिले सात दिन? पुस १० गते देउवा प्रधानमन्त्री बन्लान्?

64x64
नेपाल लाइभ सोमबार, पुस ४, २०७९  २१:०६
1140x725

काठमाडौं– नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने चर्चा भइरहेका बेला वर्तमान सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँगको आलोपालो प्रधानमन्त्री बन्ने समझदारी चुनावअघि नै भएको दाबी गरेका छन्। सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धन गर्दा नै उक्त सहमति भएको र अहिले पनि कायम रहेको दाबी गरे।  

त्यो समय लिखित र औपचारिक नभए पनि मौखिक रुपमा भने सहमति भएको प्रचण्डको दाबी छ। ‘आलोपालोका विषयमा लिखित र औपचारिक सहमति भएको थिएन। गठबन्धन गर्दा आलोपालो गर्ने भन्ने सहमति भएकै हो। त्यो अहिले पनि कायमै छ’, प्रचण्डले भने। दाहालले प्रधानमन्त्रीको दावेदारीसँगै आलोपालो र प्याकेजमै सहमतिको विषय पनि प्रस्तुत गरिरहेका छन्। 

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजा निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएसँगै सरकार गठनको रस्साकस्सी सुरु भइसकेको छ। राष्ट्रपति भण्डारीले सरकार गठनका लागि सात दिनको समय दलहरुलाई उपलब्ध गराएकी छन्। संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिले आइतबार आह्वान गरेकी हुन्।

राष्ट्रपतिले उपलब्ध गराएको सात दिनभित्र कम्तीमा १३८ सांसदको समर्थन लिएर प्रधानमन्त्री दाबी गर्नुपर्नेछ। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि प्रधानमन्त्रीको तयारी गरिरहेका छन्। उनी आफ्नो पार्टी नेपाली कांग्रेसमा संसदीय दलको नेता चुनिने योजनामा छन्। तर, उनले दलको नेतामा गगन थापा र शेखर कोइरालाले चुनौती दिने देखिन्छ। यद्यपि, गगन र शेखरबीच आफ्नो समूहबाट एक जना मात्र उम्मेदवार बनाउनेगरि छलफल चलिरहेको छ। कांग्रेस सांसदको वर्तमान अंकगणित हेर्दा कुनै फेरबदल नभएको खण्डमा देउवाकै पल्लाभारी देखिन्छ।

संसद् सचिवालयले सोमबार मात्र एक सूचना जारी गर्दै नवनिर्वाचित सांसदहरुको सपथ पुस ७ गते तोकेको छ। राष्ट्रपतिले दिएको समय त्यसको तीन दिनपछि पुस १० गते समाप्त हुनेछ। 

सांसद्को सपथ नलिँदै राष्ट्रपति भण्डारीले समयसीमा तोकेर किन बैठक बोलाइन् भन्दै आलोचना भइरहेका बेला संसद् सचिवालयले सपथको सूचना निकालेको हो। केही कानुनविदहरुले राष्ट्रपतिको कदमले संविधान मिचिएको दाबी गरेका छन् भने केहीले संसद् सचिवालयसँग समन्वय गरेर दलहरुलाई समय दिइएको हुन सक्ने भएकाले आलोचना गर्न आवश्यक नहुने बताएका छन्। 

संविधानको धारा ७६ को ८ मा ‘यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ’ भनिएको छ। संविधानले समय नै तोकेकाले राष्ट्रपतिले थप समय तोकेर साँघुरो बनाउन नहुने कानुनविदहरुको टिप्पणी छ। 

के भन्छन् कानुनविद्?
संविधानले नै सरकार निर्माण हुने समयको परिकल्पना गरेकाले राष्ट्रपतिबाट थप समय तोक्नुको अर्थ नहुने कानुनविदहरुको तर्क छ। संविधानले नै ३५ दिन भनेपछि फेरि राष्ट्रपतिले त्यसभन्दा अघि बढेर सात दिनमा सरकार गठन गर भन्नु आवश्यक नभएको उनीहरुको तर्क छ। 

nimb
nimb

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सरकार गठनका लागि राष्ट्रपतिले सात दिनको समयसीमासहितको आफ्नो पत्रलाई फिर्ता लिनुपर्ने तर्क गरे। संविधानमै सरकार गठनको कुरा उल्लेख भएकाले त्यसलाई थप साँघुरो पार्ने अधिकार राष्ट्रपतिलाई नहुने उनको तर्क छ। 

‘राष्ट्रपतिले संविधानमा भएको व्यवस्थालाई सहजीकरण गर्ने हो त्यसलाई खुम्चाउन होइन। सात दिनको समयसीमा राखेर प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको छ,’ उनी भन्छन्, ‘त्यो संसद्ले चिन्दैन। संसदीय प्रक्रियाले चिन्दैन। संसदीय मूल्य मान्यताले चिन्दैन। संविधानमा भएको व्यवस्थाको विरुद्धमा हुन्छ।’

तर, राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले भने राष्ट्रपतिले सात दिनको समय दिएको कुरा संविधान अनुसार नै भएको दाबी गरे।  

संविधानको धारा ७६ को उपधारा ८ मा भएको कुरालाई ख्याल गर्दै राष्ट्रपतिले यस्तो पत्र लेखेको उनले बताए। ‘यो धारा अन्तर्गत प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया ३५ दिनभित्र भनिएको छ’, उनले भने ‘यसमा उपधारा ४ पनि पर्छ। यसले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने पनि यही भित्रबाट हो। राष्ट्रपतिले यसैलाई हेरेर आह्वान गरिएको हो।’ 

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीका लागि आह्वान : २०७४ कै ‘गल्ती’ को पुनरावृत्ति

समय अपुग भएको कुरा दलहरुले आग्रह गरेमा थप हुन पनि सक्ने उनको तर्क छ। दलहरुले ‘पहिलोपटक तोकिएको समय अनुसार सरकार गठन भएन, त्यसैले यति अवधि पाउँ’ भनेर माग्न सक्ने र त्यसमा राष्ट्रपतिले दिन सक्ने उनले बताए। दलहरुले समय माग गरेनन् भने अर्को उपधारामा राष्ट्रपति अघि बढ्ने ढकाल बताउँछन्। 

संविधानविद् विपिन अधिकारी राष्ट्रपतिले सात दिनको समय दिने कुरालाई गलत रुपमा लिन नहुनेमा सहमत देखिए। राष्ट्रपतिले संसद् सचिवालयसँग सल्लाह गरेर नै सरकार गठनका लागि समय दिएकाले यसलाई विवाद गरेर लैजानेभन्दा सरकार गठनतिर केन्द्रित हुनुपर्ने उनको विचार छ। 

समय अपुग भएमा राष्ट्रपतिले पुनः दिन सक्ने कुरा बाँकी नै भएकाले उक्त आह्वानको समयमा दलहरुले आफूसँग भएको बहुमतको दाबीसहित सरकार गठनको प्र्रस्ताव लिएर जानुपर्ने अधिकारीको सुझाव छ। 

समय थप नभए उपधारा ३ अनुसार नियुक्ति
वर्तमान सत्ता गठबन्धनलाई राष्ट्रपतिले तोकेको समयभित्र सरकार बनाउन सकस देखिन्छ। दलहरूबीच शक्ति बाँडफाँटमा भागबण्डा मिलाउनुपर्ने, बहुमत पुर्‍याउन गठबन्धनबाहिरका दलको साथ खोज्नुपर्ने लगायतका कारण उनीहरू सकसमा छन्। 

यस्तो अवस्थामा सत्तारुढ गठबन्धनसँग दुईवटा विकल्प देखिन्छ। पहिलो विकल्प, राष्ट्रपतिसँग थप समय माग गर्ने र दोस्रो भनेको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बनाउने। उक्त सरकारलाई उपधारा २ मा रुपान्तरणका लागि विश्वासको मत लिएसँगै निवेदन दिने।

वरिष्ठ अधिवक्ता अधिकारीले उपधारा २ अनुसारको सरकार गठनको समय सकिए अर्को उपधारा ३ अनुसार सरकार गठन हुने बताए। ‘धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनका लागि बहुमत कुनै दलले तोकिएको समयमा पेस गर्न नसकेमा उपधारा ३ अनुसारको सरकारका लागि राष्ट्रपतिले संसद्को ठूलो दल नेपाली कांग्रेसलाई अनुरोध गर्न सक्नुहुन्छ’ अधिकारीले भने। 

राष्ट्रपतिका सञ्चारविज्ञ ढकालले पनि पुस १० गतेसम्म दलहरुले बहुमतको दाबी पेस नगरेमा  अर्को उपधारा अनुसार अघि बढ्ने बताए। ‘राष्ट्रपतिले धारा ७६ को ३ अनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्नुहुनेछ’, उनले भने।

तर, धारा ७६ को उपधारा २ अनुसारकै सरकार गठनका लागि थप समय माग गरेमा राष्ट्रपतिले दिनसक्ने र नगरेमा स्वतः अर्को उपधारामा जाने उनको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा
सम्बन्धित सामग्री
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बिहीबार, भदौ ११, २०८३
५ जापानी नागरिक बेपत्ता भएपछि प्रधानमन्त्री ताकाइचीद्वारा नेपालमा उद्धारका लागि अपिल बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्