काठमाडौं– संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न गठन गरिएको कार्यदलले उद्योग, वाणिज्य तथा निजी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूसँग परामर्श प्रक्रिया सुरु गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसोदेखि सुझाव संकलन बैठक प्रारम्भ गरेको हो।
बैठकमा संविधान संशोधनका सम्भावित विषय, निजी क्षेत्रका चासो तथा आर्थिक-प्रशासनिक संरचनासँग सम्बन्धित व्यवस्थाबारे धारणा लिने कार्य भइरहेको जनाइएको छ।
कार्यदलले विभिन्न क्षेत्रका सरोकारवालासँग क्रमिक रूपमा छलफल गर्दै सुझाव संकलन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।