• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीका लागि आह्वान : २०७४ कै ‘गल्ती’ को पुनरावृत्ति

64x64
किशोर दहाल सोमबार, पुस ४, २०७९  १६:४९
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गर्नका लागि पुस १० गतेसम्मको समय दिएर आह्वान गरेकी छिन्। आइतबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न भनिएको छ।

‘…कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७:०० बजे भित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध छ,’ आइतबार प्रकाशित राष्ट्रपति कार्यालयको सूचनामा भनिएको छ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति बाहिरिएसँगै राष्ट्रपतिको आह्वानलाई लिएर विवाद सुरु भएको छ। जुन २०७४ कै विवादको पुनारावृत्ति हो। त्यतिबेला निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइएको भोलिपल्टै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ लिएर प्रधानमन्त्रीमा दाबी गरेका थिए। दाबी गरेको केही बेरमै उनी प्रधानमन्त्री नियुक्त भएका थिए।

राष्ट्रपतिको आह्वानले सिर्जना गरेको विवादमा मुख्यगरी ३ पक्ष छन्।

पहिलो विवाद, सांसदले सपथ नखाँदै प्रधानमन्त्रीको आह्वान गरिनु कति उचित? कुनै पनि उम्मेदवारले निर्वाचन जित्नु र निर्वाचित भएको प्रमाणपत्र पाउनु मात्रै सांसद हुनु नभएकाले सपथ लिनुपर्ने कानुनका जानकारहरुको भनाइ छ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली भन्छन्, ‘सपथ लिनु भनेको संविधान, देश, जनता र विधिको शासनप्रति जवाफदेही बन्नु हो। त्यो एउटा प्रतिबद्धता पनि हो। त्यसपछि मात्रै बल्ल सांसदलाई वैधानिक हिसाबले सांसद भन्न सकिन्छ। त्यस्ता सांसदहरुले संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि मात्रै नेपालको संविधानअनुसार धारा ७६(१) देखि ७६ (५) सम्मको सरकारको प्रक्रिया अघि बढ्छ।’

राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्नका लागि उल्लेख गरेको संविधानको धारा ७६ (२) मा पनि ‘दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई’ राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। सपथ नलिइ प्रतिनिधि सभा सदस्य (सांसद) नै नहुने भनएकाले राष्ट्रपतिको आह्वानको अर्थ नहुने विज्ञहरु बताउँछन्। ‘सरकारको गठन गर्नुभन्दा पहिला सांसदहरुले सपथ लिनुपर्ने हुन्छ,’ ज्ञवाली भन्छन्, ‘विश्वका ६६ देशमा यो अभ्यास छ।’

राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकाल भने राष्ट्रपति कार्यालयले विगतको अभ्यास हेरेर सांसदले सपथ नखाँदै प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको बताउँछन्। ‘नेपालको संसदीय अभ्यास हेर्दा पहिलो जननिर्वाचित प्रधानमन्त्रीदेखि अन्तिम जननिर्वाचित प्रधानमन्त्रीसम्म यसैगरी नियुक्त हुनुभएको हो। बीपी कोइरालाको सपथ (नियुक्ति) पनि सपथ नखाँदै भएको हो। पछि मात्रै संसद् अधिवेशन बसेको थियो। पछिल्लो पटक २०७४ सालमा पनि केपी शर्मा ओली पनि यसैगरी नियुक्त हुनुभएको देखिन्छ। नेपालको संसदीय अभ्यासमा यही हुँदै आएको छ। राष्ट्रपति कार्यालयले यिनै अभ्यासलाई हेरेको छ,’ नेपाल लाइभसँग उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो विवाद, प्रधानमन्त्रीमा दाबी गर्नका लागि राष्ट्रपतिले ७ दिनको मात्रै समय नै किन दिइन्? संविधानको धारा ७६ (३) मा प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने प्रावधान छ। तर, त्यसअघि दुई वटा सर्त पनि सँगै राखिएका छन्। पहिलो, धारा ७६ (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा। वा, धारा ७६ (२) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा।

राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्न ७ दिनको समय दिने व्यवस्था संविधानमा छैन। बरु ३० दिनसम्म यो प्रक्रिया खुला राख्ने आशय देखिन्छ। तर राष्ट्रपतिले ७ दिनको समय दिएसँगै त्यति दिनभित्रै प्रधानमन्त्रीमा दाबी पेस नभएमा के हुन्छ? भन्ने प्रश्न यतिबेला उब्जिएको छ।

राष्ट्रपतिले संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीमा दाबी पेस आह्वान गरेको ज्ञवाली बताउँछन्। ‘अहिले ७ दिनको समयसीमा राखेर प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको छ,’ उनी भन्छन्, ‘त्यो संसद्‌ले चिन्दैन। संसदीय प्रक्रियाले चिन्दैन। संसदीय मूल्यमान्यताले चिन्दैन। संविधानमा भएको व्यवस्थाको विरुद्धमा हुन्छ।’

राष्ट्रपतिले आफ्नो ७ दिनको समयसीमा सहितको पत्रलाई फिर्ता लिनुपर्ने उनको तर्क छ।

राष्ट्रपतिका सञ्चार विज्ञ ढकाल भने संविधानको धारा ७६ (८) को व्यवस्थालाई ध्यानमा राखेर ७ दिनको आह्वान गरिएको बताउँछन्। ‘यो धाराअन्तर्गत प्रधानमन्त्रीको नियुक्त गर्ने प्रक्रिया ३५ दिनभित्र निश्चित गरिएको छ। यसमा उपधारा ४ पनि पर्छ, जसले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भनेको छ। राष्ट्रपतिले यसैलाई हेरेर आह्वान गर्नुभएको हो,’ उनले भने, ‘दलहरुले समय अपुग भएको भनेर आग्रह गरेमा थप हुन पनि सक्छ।’

दलहरुले समय थप्नका लागि आग्रह गरेनन् भने अर्को उपधारा अनुसार राष्ट्रपति अघि बढ्ने ढकालको भनाइ छ।

तेस्रो विवाद, प्रधानमन्त्री नियुक्त गर्नका लागि २०७४ मा जुन प्रक्रिया अपनाइयो, यसपटक सोही अवस्था किन अपनाइएन? किन एकरुपता कायम भएन? त्यतिबेला प्रधानमन्त्रीमा दाबी गर्नका लागि आह्वान नै गरिएको थिएन, दलहरुको दाबी अनुसार सोझै नियुक्त गरिएको थियो। यसपटक किन अतरिक्त अभ्यास गरियो? जबकि, राष्ट्रपति कार्यालयको एउटा पद्धति र परम्परा हुने अपेक्षा गरिन्छ। सबै कार्यव्यवहारलाई कानुन र नियमावलीद्वारा व्याख्या गर्न नसकिने भएकाले परम्परा पनि उत्तिकै पछ्याइन्छ। तर, २०७४ र २०७९ मा एउटै व्यक्ति राष्ट्रपति रहेकै बेलामा फरक कार्यशैली अपनाइएको छ।

२०७४ मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न यति हतारो गरियो कि, पदमै रहेका प्रधानमन्त्रीको औपचारिक राजीनामा कुर्न समेत आवश्यक ठानिएन। ओली प्रधानमन्त्रीमा नियुक्त भएको केही समयपछि मात्रै प्रधानमन्त्री देउवाको राजीनामाबारे राष्ट्रपति कार्यालयले जानकारी सार्वजनिक गरेको थियो।

ज्ञवाली भन्छन्, ‘२०७४ सालमा पनि संसद्‌को अधिवेशन नै नबोलाइन, सपथ ग्रहण नगरिकन गरिएको थियो। कि, अहिले पनि त्यसैलाई वैधता दिनका लागि आह्वान गर्नुभयो? त्यति बेला पनि गलत भएको थियो। हामी धेरै बौल्यौँ। त्यति बेलाको गल्तीलाई पनि स्वीकार गर्न सकिएन। अहिले पनि त्यही गल्तीलाई दोहोर्‍याएको देखियो।’

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १६:४९
  • #सरकार_गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्