काठमाडौं– राहदानी विभागले अबदेखि दिउँसो ३ बजेपछि मात्रै राहदानीको अनलाइन फाराम खुल्ने जनाएको छ। सोमबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो।
विभागले २०७१ साल साउन १७ गतेदेखि दैनिक ११ बजेदेखि राहदानीका लागि अनलाइन आवेदन दिन मिल्ने व्यावस्था सुरु गरेको थियो। तर, राहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट डेट’को बुकिङ खोल्दा प्राय:जसो जिल्ला र ईलाका प्रशासन कार्यालयले पनि त्यही आसपासमा बुकिङ खोल्ने गरेको थियो।
जसकारण विभागको सर्भरमा अत्यधिक चाप पर्न गई वेबसाइटको पेज खुल्न समय लाग्ने र हाइ ट्राफिक भोल्युम भन्ने मेसेज देखाउने गरेको छ। तसर्थ, विभागको पुस ३ गतेको निर्णयानुसार ५ गते मंगलबारदेखि एपोइन्टमेन्ट खुल्ने विभागले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।