खोटाङ– खोटाङमा यस वर्ष अलैंची उत्पादनमा वृद्धि भएको छ। जिल्लाभित्र अघिल्लो वर्षको तुलानामा यस वर्ष २५ मेट्रिक टनले अलैंची उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ।
ज्ञान केन्द्रको तथ्यांकअनुसार अघिल्लो वर्ष १ हजार ४ सय २ हेक्टर जग्गामा अलैंची लगाउँदा ५ सय ८५ मेट्रिक टन अलैंची उत्पादन भएको थियो।
यस वर्ष सोही क्षेत्रफलमा अलैंची लगाउँदा ६ सय १० मेट्रिक टन अलैंची उत्पादन भएको हो।
विशेषगरी, जिल्लाको जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अलैंची उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।